~मोती चाम्लिङ~
धूर्त मान्छेले कांढी दोहोलो निर्धाहरुको
कुर्शी बुर्कुसीको एउटा नाटक नियाल
स्तब्ध लाश पडिरहेको सन्नाटामा
मुस्कानका सप्तरंगी अट्टहासहरुलाई हेर
नथामिदै अश्रुमा भेलसरी नयनको
पानी जस्तै तेजाब बर्षिरहेको हेर
इन्क्लाबको कहर र ब्यस्त शहरमा
बेइमान आकृतिहरु बगीरहेको हेर
गोलीका खोकाहरु यत्रतत्र छरिएको
निशानामा परेका घाइतेहरुलार्इ हेर
आन्दोलनलाई चूल्याउंदै टाकुरामा
पुर्याउने शहादत आकृतिलाई हेर
भयलाई तिलाञ्जली दिई उठेका
आजाद बलिबेदीका जनलाई हेर
खेलवाड गर्ने नेताजी तिम्रो मनशायमा
आफनो प्रतिविम्व एकपटक ऐनामा हेर