कविता : बलेको आगो ताप्ने

~कुबेर काका~


बलेको आगो मात्र ताप्ने
ए महत्वाकांक्षीहरु !
चिताको आगोमा
दन्दनी बल्दै गरेको लासले
तिमीलाई आगो ताप्नका लागि
बोलाई रहेछ
चिताको आगो तापेर त हेर ।


मैले मर्नु पर्दैन भनेर
बाँच्न चाहनेहरु
स्मशान घाट पुगेर त हेर
मर्न नचाहनेहरुको
र्दुदशा के भई रहेछ
कहिले मर्दिन भन्नेले
कसरी अस्तित्व नामेट भई रहेछ ।


जसरी भए पनि धन चाहियो भन्ने
ए द्रव्य पिसाचहरु !
खर्च गर्न नसन्ने
ए कृप्पणीहरु !
अर्काको लुटन र लुछन मात्र चाहने
ए लालचीहरु !
घाटमा लाने मुर्दालाई
बेरेको कात्रोमा गोजी छ कि
नियालेर त हेर !
लुकाएर राखेको
सञ्चय गरेर राखेको धन
कसरी लिएर जाँदैछन !

कुबेर काका
तित्री गाछी, जलजले उदयपुर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.