छविलाल खड्काका तीन मुक्तकहरू

~छविलाल खड्का~


पैसा भए बैंश कति झिलिमिली यो शहरमा
बैंश भए पैसा फल्छ झिलिमिली यो शहरमा
लिलामी चढ्यो कौडीको भाउ बिक्रीमा छ बदन
छैन पैसा गयो बैंश लिलिबिल्ली यो शहरमा ।


धेरै थिए यो मनभित्र बस्न खोज्नेहरू
बिस्तारै बस्तारै मनिभत्र पस्न खोज्नेहरू
आकाशका तारा झार्ने मिठा सपना देखाइ
फन्ना उठाइ मन मुटुमा डस्न खोज्नेहरू ।


सरकार तिम्रै सत्ता तिम्रै
दरबार तिम्रै भत्ता तिम्रै
ऐन कानून पुलिस सबै
सडक तिम्रै जत्था तिम्रै ।

छविलाल खड्का
कोहलपुर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.