~चोक गुरुङ~
झोला मेरो माग्ने भाडो
झोला मेरा छाक टार्ने भाडो
टन्न भरी झोला बोकेर
र्पासल बाड्दै हिड्ने भाडो
एक देश देखि अर्को देश
एक ठाउँ देखि अर्को ठाउँ
एक गाउँ देखि अर्को गाउँ
पुर्ब देखि पश्चिम
उत्तर देखि दक्षिण
पाहुना जाँदा वा
भेट घाट गर्न जाँदा
ढोग्न जाँदा वा
पैचो माग्न जाँदा
बोकेर जाने भाडो
मेरो माग्ने झोला ।।
मेरो झोला टन्न छ
म खुशी छु
मेरो झोला रित्तो छ
म दुःखी छु
मेरो झोला गह्रौ छ
म ढुक्क छु
मेरो झोला हलुङ्गो छ
म भूक्क छु
मेरो झोला नयाँ छ
मन शान्ति छ
मेरो झोला फाटेको छ
मन अशान्ति छ
झोला भित्र थरी थरी छ
म रमाउँछु
झोला भित्र केहि छैन
म रुन्छु
एक दिन
एक दिन झोला बोक्न र्बिसिए
र्हेदै हेरेनन् उनले
अर्को दिन
अर्को दिन झोला भरी हुस्की र ब्राण्डी
लिएर गए
स्याबासी उपादी दिए उनले
खै के भनौ
यो माग्ने झोला
कहिले दुःखी बनाउँ छ
कहिले खुःशी बनाउँ छ
कहिले हँसाउँ छ
कहिले रुवाउँ छ
कसैलाई शिक्खर चडाउँ छ
कसैलाइ दिक्दार लगाउँ छ
खै म के भनौ
यो माग्ने झोला ।।
ईलाम
हाल : बेलायत