~शिवप्रसाद गौतम~
१)जिजीविषा
न मन साटेर जिउनु
न माया मागेर हाँस्नु
बेथा लुकाइ छिपाइ
कसरी कतिदिन जिउनु
२)जिन्दगी
जे जसरी जति फर्माए पनि
जिन्दगी बर्षादको भेल रहेछ
जसरी जताबाट सजाए पनि
जिन्दगी नाटकीय खेल रहेछ
-स्यूचाटार-८, काठमाडौँ
(स्रोत : युवामञ्च २०६६ साउन)