गीत : एउटा कुरा म भन्छु

~किरण खरेल~

एउटा कुरा म भन्छु तिमी लाज नमान है त
तिमीलाई नियाली हेर्छु आँखा नचिम्ल है त
एउटा कुरा म भन्छु तिमी लाज नमान है त

बालक छँदै परिका कथाहरू म सुन्थे
बादलसँगै उडेर एक रात मारी सुन्थे
मेरी अप्सराको मैले अनुहार बाटए जस्तो
यो रूप लाग्छ मैले उहील्यै चिताए जस्तो
एउटा कुरा म भन्छु तिमी लाज नमान है त

तिम्रो यो हाँसो लाग्छ युगयुगदेखी सुनेको
तिमीलाई लाग्छ पहिलो जन्मैदेखि चिनेको
कहिल्यै नमर्ने मिठो अमृत पिएको जस्तो
आज छ मैले सिङै संसार जितेको जस्तो
एउटा कुरा म भन्छु तिमी लाज नमान है त

रचना : किरण खरेल
सङ्गीत \ स्वर : शिवशङ्कर मानन्धर

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.