~राजेन्द्र चोथाले~
आँखैमा सपना झस्के
घाऊ पुराना बिउँझेर चस्के |
नसोचेर रुनुपनि पर्लाकी भोलि
लगाए है चाहनाले रंगीन चोली
सारा रंग पलमै हराए
व्यर्थै यी चाहना छातीमा मस्के |
हिजो जस्तै लाग्दछन् ती फूल फुलेका
आँखाभरि रहरका जून खुलेका
यति छिटो मौसम फेरियो
मीठास सारा वैलाई खस्के |
(स्रोत : रचनाकारको ब्लगबाट सभार)