~योगेन्द्र पोख्रेल~
यो नयाँ वर्ष
नयाँ जोश जाँगरको वर्ष
उमंग र खुशीको वर्ष
तर म नयाँ होइन
मत त्यही पोहोरकै हुँ
केवल कपडा बदलीएकोछ आङमा
नयाँ भविष्य
शुरुवातको बहानामा
म धेरै थोत्रिई सकें
पोचीइसकें भित्र भित्रै
म त गलेको थाकेको
निरस व्यक्ती
मेरा निरीह अभिव्यक्तिहरुलाई
लेकमा फूल्ने गुराँसले
छोपीदीन सक्छ
ढाकीदीन सक्छ
तैपनी
प्रलयको डरले
भित्र भित्रै काँपे पनि
विरक्तीएको आङमा
पश्चातापले जमे पनि
बेमौसममा गर्जिने बादलसँग
सहजै गर्जिदिन सक्छु
अलापमा निस्केन
सुकसुकी र पिडालाई
फूलहरुसँग लठ्ठिएका भमरा
र कोइलीका कुहूकुहूसँगै
भुनभुनाई दिन सक्छु
गुनगुनाई दिन सक्छु
मेरो खोक्रो जीवन,
धमिराले खाएको काठ जस्तै
शुभकामना र सौगातले रित्तीएको म
मंगलमय कामनाको
अविर टल्काइदिन सक्छु
मलाई नियालेर हेर
म त त्यही पुरानै छु
आवरण मात्र छ नयाँ
पुरानो र थोत्रीएको आफूलाई
भित्रभित्रै लुकाएर
झलक्कै देखिने
आवरण मात्र नयाँ भएर आएको छु ।