कविता : समुद्र ध्वस्त छाती र साँझहरु

~दीपा लिम्बु राई~

समुद्रको किनारामा
हुत्तिदै आउने छालहरुसँगै
आधि भिज्दै सधैं सधैं
यी यस्तै साँझहरु
ऊ समुद्र एक टकले हेरिरहन्छ ।

समुद्रको पारि क्षितिज
कतै प्रेमिल अवशेष बाँकि छ ?
पक्रिन सधैं सधैं
यी यस्तै साँझहरु
टोलाएर सधैं
ऊ समुद्रतिर फर्किरहन्छ ।

जीवन भोगाईको
अनेकन गुनाशोहरु
माटो गुमाउदाको कथा
ग्रिनेड लन्चरले ध्वस्त बनाएको छातीको आँशु
यी यस्तै साँझहरुमा
समुद्रलाई सुनाउँदै धोईरहन्छ ।

-धरान, सुनसरी । हाल : सेरिया, ब्रुनाई

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.