गजल : जेल हैन

~आशांक उपाध्याय~

माया कुनै जेल हैन
खुट्टा बाध्ने नेल हैन

यो त एउटा यथार्थ हो
केहि क्षणको खेल हैन

मन बग्छ कहिले काहीं
तर बर्खे भेल हैन

यसमा अंक जोडिदैन
त्यसैले त झेल हैन

न त यसमा परीक्षा छ
पास अनि फेल हैन

– सर्लाही, जनकपुर, नेपाल

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.