~छविलाल खड्का~
घुम्तीमा भेटें, भेटें मोडमा तिमीलाई
बाँचेकै देखें, उही रोडमा तिमीलाई ।
दोकान थापें, हेर मैले यो पिरतीको
आएको किन्न, देखें तोडमा तिमीलाई ।
हार र जीत, हुन्छ खालमा बसेपछि
पल्टियो पासा, पाएँ जोडमा तिमीलाई ।
इश्वर कै यो, रीत भयो नि जिवनमा
असाध्यै पीडा, भयो होडमा तिमीलाई ।
सबैको साझा, आर्य घाटमा सजाउँदा
रिसायौ कि खै, पाएँ क्रोधमा तिमीलाई ।
२०७६/०९/२१
छविलाल खड्का
कोहलपुर
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )