गजल : नयन अश्रु दाग लुकाइ

~रमेश भट्टराई ‘सहृदयी’~

नयन अश्रु दाग लुकाइ हाँसो बाहिरी देखाएर
भाग्य रेखा टुक्रिएको जीवन गीतलाई लेखाएर

सोध्छन् साथी ‘के छ खबर ?’ भन्छु, राम्रो चलिरा’छ
दिलको कथा मनको व्यथा एकैछिनलाई फेँकाएर

घाउ गहिरो खाटो बस्न गाह्रो रै’छ दिलभित्रको
सग्लो बाँच भन्छ दैव ! वैशाखीमा टेकाएर

ज्योतिषीले भन्छन् बाबा खोटो तेरो दुःखी कर्म
विचरो भो हाय ! जीवन जिउने मार्ग छेकाएर

गरिब हुनु के– पाप हो ? हेप्ने आफ्नै मित्रजनले
महल हाँस्छ अट्टहासमा मेरै श्रम सेकाएर ।

Ramesh Bhattarai
Lecturer
Adarsha Multiple Campus
Gajuri 1, Dhading

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.