~रिजाल किरण~
छन्द : प्रियंवदा
धनसगै मन रहेछ जिन्दगी
गनगने पन रहेछ जिन्दगी ।
नगदको बमन चाल पाउँदा
नुहिनु नै झन रहेछ जिन्दगी ।
हृदयमा जब दुखाइ दिन्छ जो
कठिनको क्षण रहेछ जिन्दगी ।
कहि सधै रस रङ बहारको
चमकिलो तन रहेछ जिन्दगी ।
विरहमा जब दुखेर बज्रने
सय किलो घन रहेछ जिन्दगी ।
-विराटनगर -१
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )