~एच सि एन्डरसन~
अनुवादकः शान्तदास
धेरै पर समुद्रमा पानी आकाशभन्दा नीलो र ऐनाभन्दा सफा छ, तर, त्यो ठाउँ यति गहिरो छ कि कुनै पनि पानीजहाजको सबैभन्दा लामो लङ्गरको डोरीले पनि त्यसको पिँध भेटाउनसक्तैन । संसारका थुप्रै धरहरालाई एकमाथि अर्को खप्टयाएर राख्यो भने मात्रै त्यसको पीँधबाट पानीको सतहसम्म पुग्नसकिन्छ । त्यो गहिरो संसारमा समुद्री मानवहरू बस्छन् ।
समुद्रको त्यो गहिरो पीँधमा बालुवै बालुवा छ भनी ठान्नु हुँदैन । त्यहाँ केही पनि उम्रन्न भन्ने कुरा गलत हो । त्यहाँ सबैभन्दा अनौठा रुख बिरुवाहरू हर्ुकन्छन् । तिनका हाँगा र पातहरू यति कमला हुन्छन् कि पानीमा सानो छाल आए पनि तिनीहरू ज्युँदा जीवजन्तुजस्तै गरी चल्छन् । पृथ्वीमा चराहरू हावामा उडेझैँ त्यहाँ साना ठूला माछाहरू ती रुखका हाँगाबिँगाहरूका बीचमा डुल्छन् ।
सबैभन्दा गहिरो भागमा समुद्रका राजाको दरबार छ । दरबारको भित्ता मुगाले बनेको छ । झयालहरू बहुमूल्य अम्बरले बनेका छन् । तर छाना भने सिपीले बनेका छन् । पानीको लहर चल्दा ती सिपीहरू खुल्छन् र बन्द हुन्छन् । छानाका सबै सिपीहरू एकै चोटी खुलेको र बन्द भएको दृश्य साह्रै रमाइलो हुन्छ, किनकि हरेक सिपीभित्र यति ठूला र चम्किला मोती हुन्छन् कि संसारका कुनै पनि राजा वा रानीको मुकुटमा ती मोती सुहाउँछन् ।
धेरै वर्षम्म समुद्रका राजा एक्ला थिए । उनकी रानी बितीसकेकी थिइन् । घरको रेखदेख उनकी आमाले गर्थिन् । आमा साह्रै बुद्धिमती थिइन् । उनलाई आफ्नो राजघरानाको बारेमा गर्व थियो । यसैले उनले आफ्नो पुच्छरमा मोतीका बाह्र वटा सिपीहरू जडेकी थिइन् । अरू समुद्री मानवहरू जति सुकै उच्च कुलको भए पनि छ वटाभन्दा धेरै सिपी लाउन पाउन्नथे । उनको हरेक व्यवहार तारिफ गर्न लायकको थियो । उनी आफ्ना नातिनी, राजकुमारीहरूलाई साह्रै माया गर्थिन् । राजकुमारीहरू छ ओटी थिए । ती सबै सुन्दरी थिए । तर तीमध्ये पनि कान्छी राजकुमारी साह्रै राम्री थिइन् । उनको ज्यू गुलाफको फूलको पत्रजस्तो सफा र चम्किलो थियो । उनका आँखा सबैभन्दा गहिरो समुद्रजत्तिकै नीला थिए । तर, अरू दिदीहरूको जस्तै उनको पनि खुट्टा थिएन । कम्मरमुन्तिरको ज्यू माछाको पुच्छरजस्तो थियो ।
दिनभरि राजकुमारीहरू दरबारमा र ठूलो हलमा खेल्थे । दरबारका भित्तामा राम्राराम्रा फूलहरू फुल्थे । हामीले झयाल खोलेर राखेको बेलामा गौँथलीहरू कोठाभित्र पसेजस्तै गरी त्यहाँको दरबारको झयाल खोल्दा माछाहरू भित्र पस्थे । तर माछाहरू निडर थिए । उनीहरू राजकुमारीहरूकहाँ सिधै पुग्थे । उनीहरूको हातबाट खानेकुरा खान्थे र राजकुमारीले उनीहरूलाई माया गरेर मुसार्थे ।
दरबारको अगाडि विशाल बगैँचा थियो । बगैँचामा चम्किला राता, गाढा नीला रुखहरू थिए । तिनमा फल्ने फलफूल सुनझैँ चम्कन्थे । अनि बगैँचामा फुल्ने फूलहरू झल्झलाउने सूर्यजस्ता थिए । त्यहाँको भुइँ मिहिन नीलो बालुवाले बनेको थियो । त्यहाँका सबै कुरामा कुनैमा गाढा त कुनैमा फिका आकाशे नीलो रङ्ग छाएको थियो जसले गर्दा त्यो ठाउँ समुद्रको पिँधमा नभएर र्स्वर्गमा भएजस्तो लाग्थ्यो । समुद्रको पानी कत्ति पनि नचलेको बेलामा त्यहाँबाट माथि हर्ेदा सूर्य गाढा रातो रङ्गको फूलजस्तो देखिन्थ्यो र त्यसबाट प्रकाश खन्याएजस्तो लाग्थ्यो ।
सबै राजकुमारीको आआफ्नै बगैँचा थियो । त्यहाँ उनीहरूले आफूले राजेका बिरुवा रोप्न र सजाउन सक्थे । एउटी राजकुमारीले आफ्नो बगैँचाको आकार हृवेलमाछाको आकारको बनाएकी थिइन् । अर्कीले जलपरीजस्तो सजाएकी थिइन् । तर कान्छी राजकुमारीले आफ्नो बगैँचाको अकार सूर्यजस्तो गोलो बनाएकी थिइन् । उनलाई सूर्य रातो फूलजस्तै लाग्थ्यो । त्यसैले उनले बगैँचामा घामजस्तै चम्किला राता फूलहरू मात्रै रोप्थिन् ।
सानी राजकुमारी सबै कुरामा अरूभन्दा बेग्लै थिइन् । उनी गम्भीर थिइन् र विचारमा डुबिरहन्थिन् । एकपल्ट समुद्रमा जहाज डुब्दा उनकी दिदीहरूले जहाजमा भएका मालसामानमध्येबाट आफूलाई मनपर्ने सामानहरू रोजीरोजी लिए र आआफ्नो बगैँचामा सजाए । तर उनले सबै कुरा छाडेर जहाजमाथि राखिएको एउटा केटाको सिंगमरमरको सुन्दर मूर्ति मागिन् । उनले त्यो मूर्तिलाई आफ्नो बगैँचामा राखिन् र त्यसको छेऊमा रोएको जस्तो आवाज आउने गाढा रातो नरकटबाँसको बिरुवा रोपिन् । त्यो नरकटबाँस हर्ुर्किएर हाँगाहरूले जरा छोए । त्यसबाट प्याजी रङ्गको छाया पर्थ्यो र हाँगाले रमाउँदै जरालाई म्वाइ खाएजस्तो देखिन्थ्यो ।
तर सानी राजकुमारीलाई समुद्रमाथि पृथ्वीलोकको बारेमा सुन्न साह्रै मन लाग्थ्यो । उनकी बूढी हजुरआमाले जहाज, सहर र जमिनमा बस्ने मानिस र जीवजन्तुको बारेमा आफूलाई थाहा भएका सबै कुरा सुनाउँथिन् । समुद्रभित्र फुल्ने फुको बासना हुँदैन तर जमिनमा फुल्ने फूलबाट मिठो बासना आउँछ, त्यहाँका बनजंगलहरू हरिया हुन्छन् अनि रुखका हाँगाहरूमा खेल्ने माछाहरूले ठूलो स्वरले मिठो गीत गाउँछन् भनेको सुन्दा उनी छक्कै पर्थिन् । हजुरआमाले चरालाई माछा भन्थिन्, किनकि नातिनीहरूलाई अरू जीवजन्तुको बारेमा थाहा थिएन ।
हजुरआमा भन्थिन्, “१५ वर्षपुगेपछि मात्रै तिमीहरू समुद्रमाथि जानसक्नेछौ । चन्द्रमाको उज्यालोमा ढुंगामाथि बसेर तिमीहरूले ठूलाठूला जहाजहरू ओहोरदोहोर गरिरहेको देख्नेछौ । अनि तिमीहरूले शहर र मानिसहरूलाई पनि देख्नेछौ ।”
अर्को वर्षसबैभन्दा जेठी राजकुमारी १५ वर्षपुगिन् र समुद्रमाथिको संसार हेर्ने अवसर पाइन् । तर राजकुमारीहरूको उमेर एकएक वर्ष फरक थियो । यसैले अरूले एकएक वर्षपछि मात्रै यो अवसर पाउने भए । कान्छी राजकुमारीले समुद्रमाथिको संसार हेर्न पूरै पाँच वर्ष पर्खनुपर्ने भयो । तर जेठीले पहिलो दिन आफूले देखेको सबै कुरा बहिनीहरूलाई सुनाउने बाचा गरिन् । किनकि हजुरआमाबाट जेजति सुनेका थिए त्यो साह्रै थोरै थियो । उनीहरूले जान्नसुन्न चाहेका कुराहरू धेरै थिए ।
तर १५ वर्ष नपुगी संसार हेर्न नपाइने नियमबाट पार पाउन कान्छी राजकुमारी जति कोही पनि आत्तिएनन्, किनकि सबैभन्दा पछि उनको पालो आउँथ्यो । यसैले उनी अझ गम्भीर भइन् र विचारमा डुबिरहन थालिन् । राती प्रायः उनी खुला झयालबाहिर हेर्थिन् । सफा नीलो पानीबाट चन्द्रमालाई हेर्थिन् । त्यहाँबाट चन्द्रमा अलि कम चम्किलो देखिन्थ्यो, तर पृथ्वीबाट भन्दा यहाँबाट चन्द्रमा धेरै ठूलो देखिन्थ्यो । यसरी चन्द्रमालाई नियालिरहेको बेलामा कहिले हृवेलमाछा त कहिले नाविकहरूले भरिएका जहाजहरूले चन्द्रमालाई छेक्थे । उनीहरूको ठिक तल गहिरो समुद्रमा एउटी सानी जलपरीले आफ्ना सेता पाखुरा उचालेर उनीहरूको जहाजतिर आशलाग्दो नजरले हेरिरहेकी छिन् भन्ने कुरा ती नाविकहरूलाई के थाहा !
आखिरमा एक दिन जेठी राजकुमारी १५ वर्षपुगिन् । उनी समुद्रको सतहमा गइन् । फर्कँदा उनीसँग बहिनीहरूलाई सुनाउने हजारौँ कुरा थिए । तर उनको लागि चन्द्रमाको प्रकाशमा बालुवाको बगरमाथि बसेर समुद्रको किनारामा बसेको विशाल सहरलाई नियाल्नु सबैभन्दा आनन्द लाग्ने कुरा थियो । त्यहाँ उनले ताराजस्तो चम्कने बत्तीहरू देखिन् । उनले संगीत सुनिन् र टाढाबाट आएको पांग्राको स्वर र मानिसहरूको आवाज सुनिन् । उनले गिर्जाघरको छानामा घण्टी बजेको पनि सुनिन् । अनि उनी सहरभित्र जान साह्रै व्यग्र भइन् तर उनी जान सक्तैनथिन् ।
कान्छी राजकुमारीले साह्रै गहिरोसँग ध्यान दिएर उनको कुरा सुनिन् । अनि राती खुला झयालबाट बाहिर शान्त नीलो पानीमाथि हेर्दै उनी विशाल र हल्लाखल्ला हुने शहरको बारेमा सोच्थिन् । चर्चको घण्टी सुनेको कल्पना नगेरम्म उनी बिचारमा डुबिरहन्थिन् । अर्को वर्ष माहिली राजकुमारीले समुद्रका सतहमाथि जाने र चाहेको ठाउँमा पौडी खेल्ने अनुमति पाइन् । घाम डुब्नै लागेको बेलामा उनी समुद्रमाथिको सतहमा पुगिन् । घाम डुब्नलागेको दृश्य उनलाई समुद्रमाथि देखिने अरू सबै कुराभन्दा रमाइलो लाग्यो ।
“सारा आकाश सुनजस्तै चम्किरहेको थियो,” उनले भनिन् । “बादल कति राम्रो देखिएको थियो भन्ने त म बयानै गर्नसक्तिन । राता र प्याजी रङ्गका बादलहरू मेरो कपालमाथि उडिरहेका थिए । सेता जलहाँसका पूरै बथान समुद्रको छालमाथि उडे । त्यति बेला रातो प्रकाश उनीहरूको पखेटामा टल्केको दृश्य कस्तो राम्रो थियो ! मैले उनीहरूलाई हेरिरहेकै बेला घाम डुब्यो र समुद्रको सतहबाट रातो प्रकाश बिस्तारै हरायो । अनि बादलका किनारहरूबाट पनि लालिमा हरायो ।”
त्यसपछि साहिँली राजकुमारीको समुद्रमाथि जाने पालो आयो । उनी अरूभन्दा बेग्लै स्वभावकी थिइन् । उनी एउटा नदीमा पौडी खेल्न पुगिन् । त्यो नदी समुद्रमा मिसिन्थ्यो । उनले नदिको किनारामा रुखबिरुवा र लहराले ढाकेका डाँडाहरू देखिन् । जंगलको माझमा दरबार र घरहरू पनि देखिन् । उनले चराहरूले गाएको सुनिन् । घाम यति चर्को थियो कि उनलाई गर्मी भएर बेलाबेलामा पानीमा पस्नुपर्थ्यो । उनी एउटा सानो खाडीमा पुगिन् जहाँ सानासाना केटाकेटीहरूको ठूलो जमात नाङ्गै पानीमा खेलिरहेका थिए । ती केटाकेटीका पुच्छर थिएनन् । सबैका दुईदुई वटा खुट्टा थिए । उनले तिनीहरूसँग खेल्न खोजिन् तर केटाकेटीहरू उनलाई देखेर भागे र समुद्रको किनारामा गए । एक जना बदमास त उनीतिर फर्केर यति साह्रै चिच्यायो कि उनी तर्सेर समुद्रभित्र फर्किन् । तर उनले हरियो जङ्गल, लहराले ढाकिएको डाँडाकाँडा, अनि माछाको जस्तो पखेटा नभए पनि पौडनसक्ने हिस्सी परेका केटाकेटीहरूलाई बिर्सन सकिनन् ।
काहिँली राजकुमारी त्यति आँटिली थिइनन् । उनी खुला समुद्रमै बसिन् । जमिनतिर गइनन् । घर फर्केपछि उनले सबैभन्दा राम्रो के कुरा लाग्यो भनेर सुनाइन् । उनले आफ्नो वरिपरि धेरै फराकिलो ठाउँ देखिन् । घोप्टो परेको विशाल घण्टीजस्तै समुद्रमाथि आकाश घोप्टो परेको उनले देखिन् । अनि उनले घेरै टाढाबाट जहाज देखिन् । यति परबाट हर्ेदा ती जहाजहरू समुद्रमाथि उडने चराजत्रा देखिएका थिए । उनले पानीमाथि डल्फिन माछा खेलिरहेको र ह्वेल माछाले पानीको फोहोरा माथितिर फालेको पनि देखिन् ।
एक वर्षपछि ठाहिँली राजकुमारी पन्ध्र वर्षपुगिन् । उनको जन्मदिन जाडो महिनामा पर्थ्यो । यसैले उनले पानीमाथि अरूले भन्दा बेग्लै कुराहरू देखिन् । समुद्र एकदम हरियो थियो । त्यसमाथि बरफका ठूलाठूला ढिक्का तैरिरहेका थिए । उनको भनाइमा तिनीहरू मोतीझैँ टल्किरहेका थिए । तर तिनीहरू जमिनमा भएका गिर्जाघरका छानाभन्दा धेरै ठूला थिए । बरफको एउटा मोतीमाथि कसरी उनी बसिन्, अनि बतासले कसरी उनको कपाल उडायो भन्ने उनले सुनाइन् । तर जहाजका नाविकहरू उनलाई देखेर तर्से । उनीहरूले आँधीबेरी आउने डरले जहाजको पाल मिलाए । साँझपख आकास बादलले ढाकियो । समुद्रको लहरमाथि बरफका ठूलाठूला ढिक्का उठे र पछारिए । बिजुली चम्कँदा हिउँका ती ढिक्काहरू रातो प्रकाशमा टल्कन्थे । बादल ठूलो स्वरले गर्जेको थियो । जहाजका पालहरू उडे । जहाजमा बसेका सबैजना आत्तिए । तर उनी हिउँको ढिक्कमाथि हलचल नगरी बसिरहिन् र समुद्रको पानीमाथि नीलो रङ्गको बिजुली चम्केरहेको हेरिरहिन् ।
यी राजकुमारीहरू पहिलो पल्ट समुद्रमाथि पुग्दा उनीहरूले देखेका नयाँ र राम्राराम्रा कुराहरूबाट छक्क परेका र रमाएका थिए । तर अब उनीहरू ठूला भइसकेका थिए । उनीहरू मन लागेको बेलामा समुद्र सतहमाथि जानसक्थे । नयाँनयाँ कुरा हेर्ने चाहना हराइसकेको थियो । उनीहरूलाई बाहिरको संसार भन्दा समुद्रभित्रको आफ्नो संसार धेरै रमाइलो लाग्थ्यो । उनीहरूलाई त्यहीँ सजिलो लाग्थ्यो ।
साँझ पख पाँच वटी दिदीबहिनी कुम जोरेर समुद्रमाथि तैरन्थे । उनीहरूको स्वर संसारका कुनै पनि महिलाको स्वरभन्दा मिठो थियो । आँधीबेरी आउन लागेको बेलामा उनीहरू कुनै जहाज नजिकै पौडि खेल्दै समुद्रको पीँधमा बस्नुको आनन्दबारे अनौठा गीतहरू गाउँथे र नाविकहरूलाई नडराइकन उनीहरूको पछिपछि आउन निम्त्याउँथे । तर नाविकहरूले उनीहरूको भाषा बुझदैनथे । उनीहरूको गीतलाई हावा सुसाएको ठान्थे । न त उनीहरूले कहिल्यै समुद्रको पिँधको संसारको आनन्द लिन नै सके । किनकि जहाज डुबेर मानिसको शरीर समुद्रको राजाकहाँ पुग्दासम्म निर्जीव भइसकेको हुन्थ्यो ।
यसरी पाँच वटी दिदीहरू समुद्रको लहरमाथि गएर रमाइलो गर्दा सबैभन्दा सानी राजकुमारी आफ्नो बुवाको दरबारको झयालमा उभिएर एक्लै हेरिरहन्थिन् । उनलाई रुन मन लाग्थ्यो । तर जलपरीहरूको आँसु हुँदैन । यसैले उनीहरूको दुःख पृथ्वीका मानिसहरूको भन्दा साह्रै तीतो र पीडादायी हुन्छ ।
“म कहिले १५ वर्षपुग्ने होला !” उनी लामो सास फेर्दै भन्थिन् । “समुद्रमाथिको संसार र त्यहाँ बस्ने मानिसहरू पक्कै पनि मलाई मनपर्छ होला ।”
आखिरमा त्यो दिन पनि आयो ।
“अब तिम्रो पनि माथि जाने बेला आयो । आऊ, तिमीलाई पनि दिदीहरूलाई जस्तै सिंगारिदिन्छु ।” उनकी हजुरआमाले भनिन् ।
यति भन्दै हजुरआमाले उनको कपालमाथि सेतो फूलको माला बाँधी दिइन् । फूलका हरेक पात ठूलो मोतीलाई आधा काटेर बनाइएको थियो । त्यसपछि उनले राजकुमारीको उच्च कुलको चिन्होको रूपमा आठ वटा ठूला सिपीलाई राजकुमारीको पुच्छरमा झुण्डिन लगाइन् ।
“सिपीले मलाई दुख्छ ।” सानी राजकुमारीले गुनासो पोखिन् ।
“तरुनीहरू सिँगारिएर बाहिर जाँदा सानातिना अप्ठयाराहरू देखेर डराउनु हुँदैन ।” हजुरआमाले भनिन् ।
सानी राजकुमारीलाई आफ्ना सबै सिँगारपटार फाल्न र कपालमा सेतो फूलको मालाको सट्टा आफ्नै बगैँचाको रातो फुल लाउन मन लागेको थियो । तर हजुरआमाको अगाडि उनले त्यसो गर्नसकिनन् ।
“विदा पाउँ हजुरआमा !” भन्दै उनी साबुनको फिँज जत्तिकै हलुँगो र खानदानी चालले माथितिर लागिन् ।
जीवनमा पहिलो पल्ट समुद्रको सतहमाथि उनी पुग्दा घाम भर्खर डुब्न लागेको थियो । बदलहरू सुनौला र गुलाबी रङ्गले पोतिएका थिए । आकासमा साँझको तारा चम्किरहेको थियो । हावा नरम र बास्नाले भरिएको थियो । समुद्र ऐनाजस्तै सम्म परेको थियो । शान्त समुद्रमा तीनतले जहाज हलचल नगरी तैरिरहको थियो । नाविकहरू बिनाकाम यताउता गरेर समय कटाइरहेका थिए । जहाजमा संगीत बजिरहेको थियो । साँझ परेपछि जहाजको भित्रबाहिर अचानक हजारौँ बत्ती बले । हावामा फहराइरहेका विभिन्न देशका झण्डाहरूमा उज्यालो पर्यो ।
सानी जलपरी पौडेर जहाजको कोठा, क्याबिनको झयाल नजिकै गइन् । समुद्रको छालले जति पटक उनलाई माथि उचाल्यो उति पटक उनले कोठाभित्र चियाइन् । क्याबिनभित्र उनले राम्राराम्रा लुगा लगाएका धेरै मानिसहरू देखिन् । तर उनीहरूमध्ये सबैभन्दा राम्रा राजकुमार नै थिए । उनीहरूले राजकुमारको सत्रौँ जन्मदिन मनाइरहेका थिए । जहाजमा भएको त्यो समारोह जन्मदिनको उपलक्ष्यमा हुँदै थियो । जहाजको डेकमा नाविकहरू नाच्दै थिए । राजकुमार उनीहरूसँग मिसिन आउँदा सयौँ पटका पडकाइए । पटकाको प्रकाशले दिउँसोजस्तै उज्यालो भयो । सानी जलपरी तर्सेपानीभित्र पसिन् र तुरुन्तै फेरि बाहिर निस्किन् । आकासका सबै तारा आफूमाथि खसेको उनले कल्पना गरिन् । उनले कहिल्यै पनि आगोका पटका र रकेटको बारेमा सुनेकी थिइनन् । न त मानिसहरूको यस्तो कलाको बारेमा सुनेकी थिइन् । उनले आकाशमा ठूलाठूला सूर्यहरू फनफनी घुमेको र पानीमा माछा टल्केको देखिन् । जहाजमा प्रकाश यति धेरै थियो कि उनले जहाजका सानातिना कुरा र त्यहाँ भइरहका गतिविधिहरू देख्नसक्थिन् । जवान राजकुमारले अरू नाविकहरूसँग हात मिलाउँदा साह्रै राम्रो देखिएको थियो । उसको उपस्थिति जनाउन संगीतको धुन अझै सुरिलो र जोडसँग बजाइएको थियो ।
अब अबेला हुन थालको थियो । तैपनि समुद्रकी सानी राजकुमारी जहाज र सुन्दर राजकुमारबाट छुट्टनि सकिनन् । तर उनी समुद्रको छालमा तैरिँदै क्याबिनको झयालबाट राजकुमारलाई चियाउँदै गरेको वेलामा समुद्रको पिँधमा ठूलो आँधीबेरी आउने तयारी हुँदैथियो । चाँडै नै जहाज बेस्सरी हल्लिन थाल्यो । आँधीबाट जोगिन जहाजका पालहरू फैलाइए । उनी हावाको अगाडि पुग्दा समुद्रका छालहरू झनझन ठूला हुँदै गए । आकासमा कालो बाक्लो बादल मडारिन थाल्यो । टाढाटाढा आकास गर्जेको सुनिन थाल्यो ।
आँधीबेरी चल्न थाल्यो । जहाजका सबै पालहरू खोलिए । तर जहाज सानो डुँगाजस्तै हल्लिन थाल्यो । पानीका छालहरू पहाडजत्रा भएर जहाजको डेकमा पुग्न थाले । तर जहाज राम्रो थियो । पानीहाँस जस्तै गरी जहाज फेरि छालमाथि नै तैरिरहृयो । सानी जलपरीले यो सबै कुनै खेल हो भन्ठानिन् तर यो दुर्घटना थियो ।
समुद्री आँधीमा परेर जहाज नराम्ररी बिग्र्यो । जहाजभित्र पानी पस्यो । जहाजको मुख्य खाँबो अचानक नरकट बाँसजस्तै गरी भाँचियो । जहाज दुई टुक्रा भएर पानीमा डुब्यो । अब बल्ल सानी जलपरीले मानिसहरू खतरामा परको कुरा बुझिन् । पानीमा तैरिरहेका जहाजका काठपातहरूबाट जोगिन उनललाई गाह्रो भयो । धेरै अँध्यारो भएकोले बिजुली चम्केको बेलामा बाहेक अरू बेलामा वरिपरिका बस्तुहरू ठम्याउन गाह्रो थियो । उनले राजकुमारलाई खोजिन्, तर भेटाइनन् । जहाजमा भएका सबै जना डुबेको कुरामा उनलाई शंका थिएन ।
राजकुमार पानीमा डुबेको हुनाले अब उनलाई समुद्रको पिँधमा आफ्नो दरबारमा लैजान पाउने भएँ भनेर जलपरीलाई पहिले त खुशी लाग्यो । तर मानिसहरू पानीमा बाँच्नसक्तैनन् भन्ने कुरा उनले तुरुन्तै सम्झिन् । उनको बावुको दरबारमा पुग्दासम्म त राजकुमार मरिसक्ने थियो । यस कारण जहाजका काठपातहरूमाझ पौडदै, आफूमाथि आउनसक्ने खतरालाई बास्तै नगरी उनले राजकुमारलाई खोज्न थालिन् । उनले चारैतिर खोजिन् । आखिरमा उनले फेला परिन् । राजकुमार थाकेर पौडन नसकेर डुब्नै लागेका थिए । तर सानी राजकुमारीले उनलाई अंगालोमा बाँधेर पानीमा डुब्नबाट जोगाउँदै पानीमाथि तैरन थालिन् । रातभरि नै उनले राजकुमारलाई अंगालोमा राखेर पानीमा डुब्न दिइनन् ।
विहानीपख आँधीबेरी थामियो । समुद्रबाट रगतझैँ रातो सूर्य उदायो । राजकुमारको अनुहारमा घामको पहिलो किरण पर्दा उनको गाला चम्केको देखियो । तर उनका आँखा बन्द थिए । सानी जलपरीले उनको निधारमा चुप्पा खाइन् र उनको भिजेको कपाल मिलाइन् । अब राजकुमार समुद्रको पिँधको जलपरीको बगैँचामा राखिएको सिंगमरमरको मूर्तिजस्तै देखियो । उनले बारम्बार उनको निधारमा चुम्बन गरिन् र राजकुमारले आँखा खोलोस् भनेर भित्री मनले चाहिन् । आखिरमा उनी समुद्रको किनारा नजिकै पुगिन् । त्यहाँबाट उनले हिउँले ढाकेका अग्ला पहाडहरू देखिन् । समुद्रको किनारै किनार हरियो वन थियो । अगाडि गिर्जाघर र धार्मिक विद्यालय थियो । विद्यालयको बगैँचामा सुन्तला र कागतीका बोटहरू थिए । बीचबीचमा अग्ला ताडका बोटहरू थिए । त्यो ठाउँमा सानो खाडी बनेको थियो । त्यहाँको पानी शान्त र गहिरो थियो । किनाराको एउटा ठाडो ढुंगानेर सेतो बालुवाको राम्रो बगर थियो । जलपरीले बेहोस राजकुमारलाई त्यही बगरमा लगिन् र तातो बालुवामाथि सुताइन् । उनले राजकुमारको अनुहारमा घाम पर्ने गरी उनको टाउको अलि अग्लो पारेर राखिन् ।
जलपरीको सामुन्नेको विशाल सेतो घरमा घण्ट बजिरहेको थियो । बगैँचामा सानासाना नानीहरू यताउता गरिरहेका थिए । यसैले सानी जलपरी त्यहाँबाट हटिन् र ठूलो ढुङ्गाको आडमा छेकिएर हेर्न थालिन् । अरूले नदेखोस् भनेर उनले आफ्नो टाउको र लामो कपाल समुद्रको गाज र झारपातले ढाकिन् अनि राजकुमारको नजिक को आउँछ होला भनेर पर्खिरहिन् ।
धेरै समय नबित्तै एउटी सानी केटी राजकुमारको नजिकै आइन् । पहिले त उनी राजकुमारलाई देखेर तर्सिन् । तर चाँडै नै उनी संभालिइन् र दगुरेर गई संगिनीहरूलाई बोलाएर ल्याइन् । अनि राजकुमारले आँखा उघारेको र उनलाई घेरेर बसेका केटीहरूलाई हेरेर मुसुकक हाँसेको जलपरीले देखिन् ।
तर उनले जलपरीतिर एक पल्ट पनि हेरेनन् । आफूलाई जलपरीले बचाएको कुरा उनलाई थाहै थिएन । राजकुमार ती केटीहरूसँग नजिकैको घरमा गएपछि जलपरी यति धेरै दुखी भइन् कि उनी तुरुन्तै पानीमा पसेर समुद्रको पिँधतिर लागिन् र बिस्तारै आफ्नो बाबुको दरबारमा फर्किन् ।
पहिलेदेखि नै सानी जलपरीको नबोल्ने र विचारमा डुबिरहने बानी थियो । तर यो घटनापछि उनको यो बानी झन बढयो । उनले पहिलो दिन समुद्रमाथि जाँदा के देखिन् भनेर उनका दिदीहरूले सोद्धा उनले केही पनि जवाफ दिइनन् ।
हरेक साँझ उनी समुद्र किनारको त्यो ठाउँमा जान्थिन् जहाँ उनले राजकुमारलाई छाडेकी थिइन् । उनले बगैँचाका फलहरू पाकेको देखिन् । फूलहरू ओइलाएको देखिन् । डाँडाकाँडामा हिउँ पग्लेको पनि देखिन् । तर राजकुमारलाई एक झलक पनि देखिनन् । प्रत्येक पल्ट घर फर्कँदा उनी पहिलेभन्दा दुखी भएर फर्कन्थिन् । अनि बगैँचामा भएको राजकुमारजस्तै देखिने मूर्तिलाई अँगालोमा बाँधेर बसिरहन्थिन् । उनले बगैँचाका फूलहरूको पनि वास्ता गर्न छाडिन् । बगैँचाका फूलहरू बढेर रुखहरूलाई ढाके र अन्त्यमा पूरै बगैँचा अँध्यारो जङ्गलजस्तो देखियो ।
उनले आफ्नो दुःख लुकाउन सकिनन् र एउटी दिदीलाई सुटुक्क सुनाइन् । तर यो कुरा उनका अरू दिदीहरूले पनि र केही सँगिनीहरूले पनि थाहा पाए । त्यसबाहेक यो कुरा अन्यत्र पुगेन । सँगिनीहरूमध्ये एक जनाले राजकुमारलाई देखेकी थिइन् । उनले पनि जहाजमा भएको एउटा समारोह देखेकी थिइन् । उनलाई राजकुमारको देशको बारेमा पनि थाहा थियो । राजकुमारका पिताको नाम पनि थाहा थियो ।
“जाउँ बहिनी !” भन्दै दिदीहरूले सानी जलपरिलाई हातेमालो गर्दै समुद्रको त्यो किनारामा लगे जहाँ राजकुमारको दरबार थियो ।
दरबार टलक्क टल्कने पहेँलो सिँगमरमरले बनेको थियो । दरबार अगाडि सेतो सिँगमरमरको सिँढी थियो । त्यो सिँढी समुद्र किनारको पानीसम्म आइपुग्थ्यो । दरबारमाथि सुनको भव्य गोलाकारको छाना थियो । दरबारका वरिपरि सिँगमरमरका खम्बाहरू थिए र खम्बाहरूको बीचबीचमा सेतो सिँगमरमरका सालिकहरू राखिएका थिए । झयालमा स्फटिकजस्तो सफा सिसा राखिएका थिए । सिसाभित्र विशाल कोठा र हलहरूमा राखिएका रेशमका पर्दाहरू देखिन्थे । भित्ताहरूमा सबैभन्दा सुन्दर तसबिरहरू सजाइएका थिए । सबैभन्दा ठूलो हलमा फोहोरा बनाइएको थियो । बेलाबेलामा फोहोराको पानी जोडले माथितिर उछिट्टिएर सिसाको गोलाकार छानासम्म पुग्थ्यो र सूर्यको किरणमा टल्कन्थ्यो ।
सानी जलपरीले आफ्नो प्यारो राजकुमार कहाँ बस्छन् भन्ने थाहा पाइन् । अब उनी दिनदिनै साँझपख त्यहाँ जान थालिन् र उनकी दिदीहरूले भन्दा आँटिली भएर दरबारको सकेसम्म नजिक गएर हेर्न थालिन् । अन्त्यमा उनी सिँगमरमरको बरण्डामुनी बनेको नहरमा बरण्डाको छाया पर्ने ठाउँसम्म पुगिन् । त्यहाँ उनी राजकुमारलाई हेरेर बस्थिन् । तर चन्द्रमाको उज्यालोमा राजकुमारले आफूलाई एक्लै ठान्थे । सुनौला डुँगामा बसेर रमाएका राजकुमारलाई उनी प्रायः हेरिरहन्थिन् र उनको डुँगाको पछाडि लुकेर उनको स्वर सुन्न खोज्थिन् । कहिलेकाहीँ उनको चाँदीजस्तो पछयौरा हावामा फुक्यो भने राजकुमारको डुँगामा बसेका मानिसहरूले त्यसलाई जलहाँसले सेतो पखेटा फिँजारेको ठान्थे ।
कहिलेकाहीँ उनी रातभरि माछा मार्ने नाविकहरूले जाल बुन्दै राजकुमारको बखान गर्दै कुरा गरिरहेको सुनेर बस्थिन् । नाविकहरू राजकुमारको तारिफ गरेर थाक्दैनथे । त्यस्तो बेला राजकुमारको ज्यान बचाएको सम्झेर उनी आफै मख्ख पर्थिन् । अनि राजकुमारको टाउको उनको छातीमा कसरी अडिएको थियो र उनले कसरी उनको निधारमा चुप्पा खाएकी थिइन् भन्ने सम्झन्थिन् । तर राजकुमारलाई कुनै कुरा पनि थाहा थिएन । राजकुमारलाई उनले कति गुन लाएकी छिन् भन्ने कुरा उनको सपनामा पनि थिएन ।
यसरी पृथ्वीमा बस्ने मानिसहरूतिर उनको माया बढ्दै गयो । अनि उनले आफू पनि मानिसजस्तै हुनपाए हुन्थ्यो भन्ने इच्छा गर्न थालिन् । उनलाई मानिसहरूको संसार उनको आफ्नो संसारभन्दा धेरै ठूलो लाग्यो । मानिसहरू जहाजमा बसेर ठूलाठूला समुद्र पनि पार गर्नसक्छन् । अकासमा उडने बादलहरूले आराम गर्ने पहाडको टुप्पामा पनि उनीहरू चढ्न सक्छन् । बाक्लो जङ्गल र मलिलो खेतले ढाकिएको उनीहरूको देश यति ठूलो छ कि कुनै पनि जलपरीको आँखाले भेटाउन सक्तैन । जमिनमाथि यति धेरै कुरा छन् कि उनलाई ती सबैको बारेमा जान्न पाए हुन्थ्यो जस्तो लाग्छ । तर उनकी दिदीहरूले उनले सोधेका कुराहरूको पूरा जवाफ दिनै सक्तैनन् । त्यसैले उनलाई बूढी हजुरआमाकहाँ नगई सुख्खै छैन । माथिको संसारलाई उनी पानीमाथिको देश भन्छिन् र उनलाई त्यहाँको बारेमा धेरै कुरा थाहा छ ।
“मानिसहरू पानीमा डुबेनन् भने के सँधै बाँच्छन् ? समुद्रको पिँधमा बस्ने हामीहरू एक दिन मर्छोँ तर के उनीहरू कहिल्यै मर्दैनन् ?” सानी जलपरीले हजुरआमासँग सोध्थिन् ।
“हो, हामीजस्तै उनीहरू पनि मर्छन् ।” हजुरआमा भन्थिन् । “उनीहरूको आयु हाम्रोभन्दा धेरै छोटो हुन्छ । हामी तीन सय वर्षबाँच्छौँ । तर हामी मरेपछि समुद्रको गाज बन्छौँ । हाम्रो कुनो चिहान वा चिनो हुँदैन । हाम्रो आत्मा अमर हुँदैन । हामी एक पल्ट काटिएपछि फेरि नपलाउने पानीमा उम्रने झ्याऊजस्ता हौँ । तर मानिसहरूको आत्मा मर्दैन । उनीहरूको शरीर मरेर माटोमा मिसिए पनि आत्मा मर्दैन । मरेपछि उनीहरूको आत्मा आकासमा चम्किलो ताराकहाँ पुग्छ । हामी समुद्रको पिँधबाट माथि गएर माथि बस्ने मानिसहरूलाई हेरेजस्तै मानिसहरू मरेपछि दिव्य तथा अज्ञात लोकमा जान्छन् । त्यो ठाउँ हामीले कहिल्यै देख्नसक्तैनौँ ।”
“हामीसँग अमर आत्मा किन छैन ?” सानी जलपरीले हजुरआमासँग सोधिन् । “एक दिनको लागि भए पनि मानिस हुन पाए मैले मेरो पूरै तीन सय वर्ष आयु खुसीसँग साट्थेँ !”
“तिमीले यस्तो विचार गर्नु हुँदैन ।” हजुरआमाले जवाफ दिइन् । “हामी मानिसभन्दा धेरै सुखी छौँ । मानिसहरूभन्दा हामी सुखसँग बाँच्छौँ ।”
“त्यसो भए म मर्नै पर्छ र समुद्रमाथि पानीमा गाज बन्नुपर्छ हैन त ? त्यसपछि मैले समुद्री छाल गुनगुनाएको सुन्न पाउँदिन ? चम्किलो सूर्य र राम्राराम्रा फूलहरूलाई देख्न सक्तिन ? अमर आत्मा पाउन मैले केही पनि गर्न सक्तिन त हजुरआमा ?”
“केही पनि हुँदैन ।” हजुरआमाले भनिन् । “कसैले तिमीलाई साह्रै माया नगरेसम्म केही हुनसक्तैन । कसैले तिमीलाई आफ्ना आमाबाबुभन्दा धेरै नजिक ठान्योे, आफ्नो सबै माया तिमीलाई दिएर तिमीसँग बिहे गर्यो अनि जीवनभरि तिमीप्रति इमान्दार हुने र तिमीलाई मात्रै माया गर्ने वाचा गर्यो भने मात्रै तिम्रो आत्मा उसको आत्मासँग मिसिएर तिमी अमर बन्नसक्छयौ । तर यस्तो हुनैसक्तैन किनकि जुन पुच्छरलाई हामी हाम्रो ज्यूको सबैभन्दा राम्रो अङ्ग ठान्छौँ त्यसलाई पृथ्वीका मानिसहरू घृणा गर्छन् । उनीहरूलाई त्यसको काम थाहा छैन । त्यसको सट्टा उनीहरूलाई चलाउनै गाह्रो एक जोडा साह्रो अङ्ग चाहिन्छ जसलाई उनीहरू खुट्टा भन्छन् ।”
यो सुनेर सानी जलपरीले लामो सास फेरिन् र दुखी भएर आफ्नो ज्यूको कत्लैकत्ला भएको आधा अंगतिर हेरिन् ।
“हामी हाम्रै जीवनको आनन्द लिउँ र तीन सय वर्षम्म नाचौँ, गाऔँ र खुशी होऔँ ।” वूढी हजुरआमाले भन्दै गइन्, “आनन्द मनाउने यो कुनै खराब तरिका त होइन नि । मृत्युपछि हामी सजिलोसँग आराम गर्नसक्छौँ । आज दरबारमा नाच छ ।”
साँझ दरबारमा नाच?गान भयो । यो नाच संसारको कुनै पनि नाचभन्दा कम थिएन । नाच्ने कोठाका भित्ताहरू बाक्ला र सफा स्पटिकबाट बनेका थिए । चारैतिर चहकिलो गुलाबी र घाँसे हरियो रङ्गका ठूलाठूला बत्तीहरू लस्करै सजाइएका थिए । ती बत्तीहरूबाट रङ्गीचङ्गी प्रकाश निस्कन्थ्यो । बत्तीबाट निस्केको प्रकाशले पूरै कोठा उज्यालो गर्नुका साथै स्फटिकका भित्ताबाट प्रकाश बाहिर निस्केर वरिपरि रातो हुन्थ्यो र बाहिरबाट हेर्दा समुद्रको यो भागमा आगो लागेजस्तो देखिन्थ्यो । रातो, सुनौला र चाँदीजस्ता कत्ला भएका माछाहरू रङ्गीन उज्यालोमा टल्कन्थे । नृत्यकक्षसँगै सफा र चाक्लो नदी बग्थ्यो । नदीमा जलपरी र जलदेवहरू आफ्नै मिठो गीतमा नाच्थे । यी समुद्री जीवहरूको जस्तो मिठो स्वर कुनै पनि पृथ्वीबासीको थिएन । तिनीहरूमध्ये पनि सानी राजकुमारीको स्वर सबैको भन्दा मिठो थियो । उनले गाउँदा सबैले ताली बजाएर उनको तारिफ गर्थे । समुद्रमाथि पृथ्वी लोकमा र समुद्रमुनि पनि उनको जस्तो मिठो स्वर अरू कसैको छैन भन्ने उनलाई थाहा थियो, तै पनि अरूले तारिफ गर्दा उनी खुशी हुन्थिन् ।
तर उनको सारा ध्यान आफूमाथिको संसारतिरै थियो । उनले सुन्दर राजकुमारलाई र आफूसँग अमर आत्मा नभएको दुःख बिर्सनै सकिनन् । उनी आफ्ना बाबुको दरबारबाट बाहिर निस्किन् । अरूहरू दरबारभित्र भोजभतेर र नाच गानमा रमाइलो मनाइरहेको बेला उनी उजाड बगैँचामा गएर दुःख मनाउ गर्दै बसिरहिन् । अचानक उनले आफूभन्दा माथि शङ्ख बजेको सुनिन् । उनले मनमनै विचार गरिन्, “तिनीहरू राजकुमारकै शिकारीहरू हुनुपर्छ जसलाई म आमाबालाई भन्दा धेरै माया गर्छु उनी सँधै मेरो मनमा छ । उनको हातमा म मेरो भाग्य खुशीसँग सुम्पन चाहन्छु । उसलाई पाउन र अमर आत्मा बन्नका निम्ति म जे पनि गर्न तयार छु । मेरी दिदीहरू नाच्दै रमाइरहको यो मौकामा म समुद्रकी बूढी जादुगर्नीकहाँ जान्छु । अहिलेसम्म मलाई ऊदेखि डरमात्रै लागि रहन्थ्यो । तर मलाई मदत गर्नसक्ने ऊबाहेक अरू कोही छैन ।”
अनि सानी जलपरी बगैँचाबाट निस्किन् र समुद्री भुँवरीतिर लागिन् । भुवरीको पल्लोपट्टि जादुगर्नी बूढी बस्थिन् । जलपरी यो बाटोबाट पहिले कहिल्यै हिँडेकी थिइनन् । यतातिर समुद्री फूल फुल्दैनथ्यो न त पानीमा उम्रने लेऊ नै उम्रन्थ्यो । भुँवरीको छेऊसम्म नाङ्गो खैरो बालुवा फैलिएको थियो । भुँवरीको पानी फनफनी बटारिएको र फिँजैफिँजले ढाकेको थियो । आफ्नो नजिक आउने सबै कुरा भुँवरीले निल्थ्यो । बूढी जादुगर्नीकहाँ पुग्न जलपरीलाई यो भुँवरी भएर जानुपर्थ्यो । त्यसपछि उम्लिरहेको हिलोको लामो गोरेटो पार गर्नु पर्थ्यो । त्यसपछि जादुगर्नीको घर आइपुग्थ्यो । उनको घर रुखहरूले घेरिएको थियो । ती रुखहरू भुइँबाट निस्केका सय वटा टाउका भएका र्सपजस्ता देखिन्थे । तिनीहरू सिङ्गै रुखजत्रा थिए । रुखका पातला तर लामा हाँगाहरू स्याउँस्याउँ चल्ने किराजस्ता झयाउले ढाकेका थिए । ती हाँगाहरू लगातार यताउता चारैतिर फैलिने र खुम्चिने गरिरहन्थे । तिनीहरूले आफ्नो नजिक आएका जुनसुकै वस्तुलाई पनि उम्कनै नसक्ने गरी समात्थे । त्यो भयानक जङ्गलमा पुगेपछि सानी जलपरी डरले आत्तिइन् । त्यस बेला उनको मनमा राजकुमार र अमर आत्मा पाउने आशा नपलाएको भए उनी फर्किसक्थिन् । उनले साहस बटुलिन् । रुखका हाँगाहरूले कपाल नतानोस् भनेर उनले कपाल बाँधिन् । आफ्ना नरम पाखुराहरूहरूलाई छाती वरिपरि बेस्सरी कसिन् । अनि ती डरलाग्दा रुखहरूको बीचबाट गोली छुटेझैँ माछाभन्दा तीब्र गतिले अगाडि बढिन् । हाँगाहरूले समात्ने कोशिस गरे पनि केही लागेन । तर हरेक रुखले आफ्ना हजारौँ हाँगाहरूले केही न केही कुरा फलामे सनासोले जस्तै बलियो गरी समातेको सानी जलपरीले देखिन् । जहाज डुबेर समुद्रको पिँधमा आइपुगेका मानिसहरूको कङ्काल, जहाजमा सामान राख्ने ठूलाठूला सन्दुकहरू, जहाजका भग्नावशेषहरू, जानवरका अवशेषहरू ती रुखका हाँगाहरूले समातेर राखेका थिए । उनीहरूको मुठ्ठीमा एउटी सानी जलपरीको अवशेष पनि थियो । यस्तो दृश्य देख्दा विचरी राजकुमारी कति डराइ होलिन् भन्ने अडकल गर्नसकिन्छ ।
सुरक्षितसाथ त्यो जङ्गल पार गरेपछि उनी यस्तो चिप्लो ठाउँमा पुगिन् जहाँ कालाकाला थोप्लाभएका ठूलाठूला समुद्री जाँते किराहरू पहेँला घिनलाग्दा पेट पल्टाउँदै हिँडिरहेका थिए । त्यो ठाउँका माझमा एउटा घर थियो । त्यो घर जहाज डुबेर मरेका नाविकहरूको हाडखोरबाट बनेको थियो । बूढी जादुगर्नी त्यही घरमा बस्थिन् । केटाकेटीहरूले पिँजडामा पालेको चरालाई चारा ख्वाएझै उनले एउटा जङ्गी पाहालाई आफ्नै मुखले खानेकुरा ख्वाइरहेकी थिइ । वरिपरि मोटामोटा जाँतेकिराहरू थिए । जाँतेकिरालाई उनी कुखुरा भन्थी । केही जाँते किराहरू उनको जिउमाथि डुलिरहेका थिए ।
“तिमी किन मकहाँ आयौ भन्ने मलाई थाहा छ ।” उसले सानी राजकुमारीलाई भनी, “तिमीले गर्न खोजेको काम मर्ूखतापर्ूण्ा छ । यो कामले तिमीलाई दुःख र विनाशतिर डोर्याउने हुनाले मैले तिम्रो इच्छा पूरा गर्न अवश्यै मद्दत गर्नेछु । तिमीले तिम्रो पुच्छर फालेर त्यसको ठाउँमा पृथ्वीमा बस्ने मानिसहरूका जस्ता दुइटा खुट्टा राख्न चाहन्छयौ होइन ? त्यसो भएपछि राजकुमारले तिमीलाई माया गर्नेछ अनि त्यसको मार्फ तिमीले अमर आत्मा चाहेकी छयौ । तिम्रो इच्छा यही होइन त राजकुमारी ?”
यति भनेर जादुगर्नी यति ठूलो स्वरले र यति डरलाग्दोसँग हाँसी कि उनको जिउबाट पाहा र जाँतेकिराहरू भुइँमा खसे र एकअर्कालाई टोक्दै भुइँमा गुल्टे ।
“तिमी एकदम ठिक बेलामा आयौ ।” ऊले भन्दै गई, “तिमीले भोलि विहानको घाम झुल्कुन्जेल पर्खेको भए मैले तिमीलाई वर्षदिनसम्म मदत गर्नसक्ने थिइन । मैले तिम्रोलागि एउटा सुरुवा बनाइदिन्छु । सुरुवा लिएर तिमी समुद्रको किनारामा जानर्ुपर्छ । जमिनमा बसेर तिमीले सुरुवा पिउनर्ुपर्छ । त्यसपछि तिम्रो पुच्छरको ठाउँमा एकजोडी अङ्ग बन्ने छ जसलाई मानिसहरू खुट्टा भन्छन् । तर यो काम साह्रै पीडादायी हुन्छ । धारिलो तरवारले तिम्रो शरीरलाई ठाडै चिरेजस्तो गरी तिमीलाई दुख्नेछ । त्यसपछि तिमीलाई देख्ने जसले पनि तिमीलाई अहिलेसम्म जन्मेका मानिसका सन्तानमध्ये तिमी सबैभन्दा राम्री छयौ भन्नेछन् । तिम्रो पौडिने सीप पनि रहिरहनेछ । तिमीले जस्तो हलुका, आकर्ष र लचकतासाथ अरू कोही पनि नाच्न सक्नेछैन । तर तिम्रो नाचको हरेक कदममा तिमीलाई तरवारको धारमा टेकेजस्तो असहृय पीडा हुनेछ । यदि तिमी यी सबै दुःख सहन तयार छयौ भने म तिम्रो इच्छा पुर्याइदिन्छु ।”
“हुन्छ । म इच्छुक छु ।” सानी राजकुमारीले जवाफ दिइन् । उनको स्वर काँपेको थियो । उनको मनमा राजकुमार र अमर आत्मा पाउने दृढ इच्छा थियो ।
जादुगर्नीले भनी, “तर यो कुरा नबिर्स कि एक पल्ट तिमी मान्छेको रूपमा फेरिएपछि फेरि जलपरी बन्न सक्नेछैनौ । तिमीले तिम्रो बुवाको दरबारमा जान र त्रि्री दिदीहरूलाई पनि भेटन सक्ने छैनौ । यदि तिमीले राजकुमारको मन जित्न सकिनौ, तिम्रो लागि उनले आफ्ना आमाबालाई बिर्सन सकेनन्, तिमीबाहेक संसारको कुनै कुरा चाहने अवस्था आएन, उनले तिमीसँग बिहे गरेन भने तिमीले अमर आत्मा पाउन सक्ने छैनौ । उनले अर्की महिलासँग बिहे गरेको दिन तिम्रो मृत्यु हुनेछ, किनकि तिम्रो मुटु दुःखले फुट्नेछ र तिमी समुद्री फिँजमा परिणत हुनेछौ ।”
“मलाई यो कुरा पनि मंजुर छ ।” राजकुमारीले मर्न लागेको मानिसले जस्तै गरी सासैसासले जवाफ दिइन् ।
“तर तिमीले मेरो मेहनतको मोल पनि तिर्नुपर्छ ।” बूढी जादुगर्नी भन्दै गई, “म सानोतिनो कुरा दिएर मान्दिन । समुद्रमा बस्नेहरूमध्ये तिम्रो स्वर सबैभन्दा मिठो छ । यही स्वरको मदतले तिमीले राजकुमारलाई मोहित गर्ने आशा गरेकी छयौ । तर मेरो ज्यालाको रूपमा मलाई तिम्रो त्यो मिठो स्वर चाहिन्छ । मेरो जादुगरी सुरुवाको बदलामा मलाई तिमीसँग भएको सबैभन्दा राम्रो वस्तु चाहिन्छ, किनकि त्यो सुरुवालाई सफल बनाउन मैले आफ्नै रगत त्यसमा मिसाउनुपर्छ ।”
“तर तिमीले मेरो स्वर नै लिइदियौ भने राजकुमारको मन जित्न मसँग के बाकी रहन्छ र ?” राजकुमारीले भनिन् ।
“तिम्रो सुन्दर शरीर, तिम्रो तिम्रो लज्जालु चाल र त्रि्रा बोल्ने आँखाहरू ।” जादुगर्नीले भनी । “मानिसको कमजोर मनलाई पागल बनाउन यी कुराहरू पर्याप्त छैनन् र ? मेरो माग सुनेर के तिम्रो साहस बिलायो ? तिमीलाई मंजुर छ भने ज्रि्रो निकाल । मेरो मेहनतको पुरस्कारको रूपमा तिम्रो सानो ज्रि्रो काटेर लिन्छु ।”
“हुन्छ । म तयार छु ।” राजकुमारीले जवाफ दिएपछि जादुगरी सुरुवा पकाउन बूढी जादुगर्नीले चुलोमाथि खँडकुलो बसाली ।
“सरसफाइ सबैभन्दा असल गुण हो ।” भन्दै उनले पाहाहरूलाई मुठीमा लिएर उनले खँडकुलोको भित्रीभाग पुछी । त्यसपछि उसले आफ्नो छातीमा घाउ बनाई र त्यसबाट निस्केको कालो रगत खँडकुलोमा खन्याई । त्यसबाट बाफ निस्कन थाल्यो । बाप डरलाग्दा आकारहरूमा निस्केको देखेर बिचरी राजकुमारी डरले काँपिन् । छिनछिनमा उसले खँडकुलोमा केही नयाँ चिज मिसाउँदै गई । सुरुवा उम्लँदै गर्यो । त्यसबाट फोका उठे र अन्त्यमा भाँडाभित्रबाट टिठलाग्दो आवाज आयो । जादूको सुरुवा तयार भयो । हेर्दा यो शुद्ध पानीजस्तै सफा र चम्किलो देखिन्थ्यो ।
“लौ यो लेऊ ।” सुरुवा राखेको सिसी राजकुमारीलाई दिँदै जादुगर्नीले भनी । त्यसै बेला उसले राजकुमारीको ज्रि्रो काटेर लिइन् । त्यसपछि बिचरी राजकुमारी लाटी भइन् । उनी न त गाउन सक्थिन् न त बोल्न नै सक्थिन् ।
“मेरो इलाकाबाट निस्कँदा वरिपरिका र्सपजस्ता रुखहरूले तिमीलाई समात्न खोजे भने तिमीले अरू केही गर्नु पर्दैन । यसको एक थोपा झोल त्यसमाथि खन्याइदियौ भने त्यसका हाँगाहरूको हजारौँ टुक्रा हुनेछ ।” जादुगर्नीले भनी ।
तर राजकुमारीले त्यसो गर्नु परेन, किनकि उनको हातमा भएको सुरुवाको सिसी टल्कने ताराझैँ चम्कन्थ्यो र त्यसलाई देखेर ती रुखका हाँगाहरू डराएर परपर भाग्थे । यसरी उनी वन, हिलाम्मे बाटो र भुँवरीबाट सुरक्षित भएर बाहिर निस्किन् ।
राजकुमारी आफ्नो बुवाको दरबारमा पुग्दा चकमन्न अँध्यारो भइसकेको थियो । उनले दिदीहरूसँग बिदा हुने विचार गरिनन् किनकि उनीहरू सुतिसकेका थिए । त्यसबाहेक उनी बोल्न पनि सक्तिनथिन् । तर अब कहिल्यै नर्फकने गरी घर छाड्न लागेको विचार मनमा आउँदा उनको मुटु फुट्लाजस्तो भयो । उनी दिदीहरूको बगैँचामा गइन् । दिदीहरूको सम्झनामा उनीहरूको प्रत्येक बगैँचाबाट एउटा एउटा फुल टिपिन् । दरबारतिर हेर्दै हातमा धेरै पटक म्वाइँ खाइन् र अँध्यारो पानीमाथि गइन् ।
जलपरी सिँगमरमरको परिचित सिँढीमा पुग्दा सूर्य अझै उदाएको थिएन । राजकुमारको दरबारमाथि अझै पनि चन्द्रमा टल्किरहको थियो । सानी जलपरीले सिसीको झोल पिइन् । त्यो औषधीले गर्दा उनको शरीर तरवारले चिरेजस्तै गरी दुख्न थाल्यो । उनी बेहोस भएर भुइँमा लडिन् । सूर्य उदाएपछि उनी होसमा आइन् । उनका सबै अङ्ग चहर्याएर दुखिरहेको थियो । अनि उनको सामुन्ने ती सुन्दर राजकुमार उनलाई हेरेर उभिइरहेका थिए जसलाई उनले यति धेरै माया गर्थिन् ।
राजकुमारलाई देख्दा लाजले आँखा उनको आँखा भुइँतिर झुक्यो । उनले आफ्नो पुच्छरको ठाउँमा एक जोडा अति सुन्दर गोडा देखिन् । उनको जिउमा लुगा थिएन । यसैले उनले बाक्लो कपालले आफ्नो ज्यू छोपिन् । राजकुमारले तिमी को हौ र कसरी आयौ भनेर सोधे । उनी केवल हाँसिन् । किनकि उनी बोल्न सक्तिनथिन् । राजकुमारले उनको हात समाते र दरबारतिर लगे । जादुगर्नीले भनेझैँ उनी हिँडदा हरेक कदममा उनलाई तरवारको धारमा हिँडेजस्तै पीडा भयो । तर उनले खुशी साथ त्यो पीडा सहिन् किनकि उनले आफूले यति धेरै माया गरेका राजकुमारको हात समातेकी थिइन् । उनी हिँडदा उनको सौर्न्दर्य, र लज्जालु चालको सबैले तारिफ गरे ।
राजकुमारले उनलाई दामी लुगा दिए । उनी दरबारमा सबैभन्दा राम्री देखिइन् ।
रेशम र सुनको लुगा लाएका दरबारका सुन्दरी दासीहरूले राजकुमारको अगाडि गीत गाए । सबैभन्दा राम्रो गाउने दासीलाई राजकुमारले तारिफ गरे । अनि जलपरी दुखी भइन्, किनकि ती दासीहरूले भन्दा धेरै मिठो स्वरमा उनले गाउन सक्थिन् ।
“हरे, मैले उनलाई पाउन आफ्नो मिठो स्वर सँधैको लागि त्यागेँ भन्ने कुरा उनले थाहा पाएको भए हुन्थ्यो !” उनले कल्पना गरिन् ।
त्यसपछि दासीहरू नाच्न थाले । जलपरी पनि नाच्न उठिन् । उनले आफ्ना नरम सेता पाखुरीहरू फैलाइन् र नाच्न थालिन् । उनले नाचेजस्तो नाच आजसम्म कुनै पनि महिलाले नाचेकी थिइन । उनको हरेक चालले उनको सौर्न्दर्य झल्काउँथ्यो । अनि दासीहरूले गाएको गीतभन्दा उनको आँखाको बोली मार्मिक थियो । उनका आँखा भाकाले भावनाहरूलाई सोझै मुटुमा पुर्याउँथे ।
उनलाई देख्ने सबै जना उनको सौर्न्दर्यले मोहित भए । राजकुमारले उनलाई प्यारी टुहुरी भनेर बोलाए । उनी पटकपटक नाचिरहिन् । जति धेरै नाचिन उनको चाल पहिलेको भन्दा भव्य हुन्थ्यो । तर हरेक कदममा उनलाई तरवारको धारमा टेकेजस्तो गरी दुख्थ्यो । तर राजकुमारले उनलाई अब कहिल्यै आफूलाई छोडेर नजाऊ भनेको हुनाले उनले खुसीसँग यो दुःख सहिन् । राजकुमारले उनको लागि आफ्नो कोठाको छेउकै सानो कोठामा मखमलको गद्दा भएको ओछयान राख्न लगाए ।
राजकुमारले उनीलाई एउटा घोडामा बसाले र आफूसँगै घुम्न लगे । उनीहरू सँगसँगै घोडा चढेर फलफूलको बासनाले गम्केको वनमा घुम्न गए । रुखका हरिया हाँगाले उनीहरूको गाला मुसारे । पातहरूको माझमा बसेर चराहरूले खुशीले गीत गाए । राजकुमारसँग उनी पनि अग्ला अग्ला डाँडाहरूमा चढिन् । गोडामा घाउ भएर रगत बग्दा उनले खुशीसँग सहिन् । पहाडको टुप्पामा आफ्ना प्रेमीको छेऊमा उभिएर उनी खुशीले मुसुक्क मुस्कुराइन् । त्यहाँबाट उनले आफूभन्दा तल बादल उडिरहेको हेरिन् ।
तर राती दरबारमा सबै जना सुतिसकेपछि उनी सिँगमरमरको सिँढीहुँदै तलतिर गइन् र समुद्रको छालमा दुखिरहेका गोडाहरू भिजाइन् । त्यति बेला उनले समुद्रको पिँधमा बस्ने आफ्ना दिदीहरूलाई सम्झन् ।
एक रात उनका दिदीहरू पौडी खेल्दै एकअर्कासँग हातेमालो गर्दै उनीतिर आए । उनीहरू उदास भएर गाइरहेका थिए । उनले इसाराले दिदीहरूलाई बोलाइन् । दिदीहरूले उनलाई चिने र नजिक आए । उनीहरूले बुवाको दरबारमा उनको लागि कति ठूलो शोक मनाइयो भन्ने कुरा सुनाए । त्यसपछि उनीहरू दिनदिनै उनलाई भेट्न आउन थाले । एक दिन त उनीहरूले हजुरआमा र बुवालाई पनि सँगै ल्याए । हजुरआमा पानीमाथिको संसारमा नआएको धेरै वर्षभइसकेको थियो । समुद्रका राजाले शिरमा मुकुट लगाएरै आएका थिए । ती दुबै जना समुद्र किनारको धेरै नजिक गएनन् । त्यसैले उनीहरूले राजकुमारीसँग कुरा गर्न सकेनन् ।
प्रत्येक दिन सानी जलपरीलाई राजकुमारले झन्झन् रुचाउन थाले । मायालाग्दो बालकलाई ठूला मानिसहरूले माया गरेजस्तै राजकुमारले उनलाई माया गर्थे । तर उनीसित बिहे गर्ने कुरा उनले कहिल्यै सोचेनन् । बिचरा जलपरी अमर आत्मा बन्न नसके मरेपछि समुद्रको फिँजजस्तै भएर बिलाउनु पर्छ भन्ने सम्झेर दुःखी हुन्थिन्, किन भने उनलाई अमर हुनका निम्ति राजकुमारले उनलाई पत्नीलाई जस्तै गरी माया गर्नुपर्थ्यो ।
राजकुमारले उनलाई अँगालो मारेर उनको निधारमा म्वाई खाएको बेलामा जलपरीका तीखा आँखाहरूले “तिमीले मलाई अरूलाई भन्दा धेरै माया गर्दैनौ र ?” भनेर राजकुमारलाई सोधेजस्तो लाग्थ्यो ।
राजकुमारले उनका उत्सुक हेराइको जवाफ दिँदै भन्थे, “हो, म तिमीलाई अरूलाई भन्दा धेरै माया गर्छु तिमी जस्ती असल कोही पनि छैन । मेरा साथी सँगीहरूमध्ये तिमीले मलाई सबैभन्दा धेरै माया गछर्र्यौ । तिमी मैले एक पटक भेटेको कुमारी जस्तै छयौ । तर उसलाई मैले फेरि कहिल्यै भेटनसक्ने छैन । एक पल्ट म जहाज चढेको बेला अचानक आँधी आएर जहाज डुब्यो । समुद्री छालले मलाई किनारामा चर्चको विद्यालयको नजिक पुर्याइदियो । विद्यालयमा धार्मिक जीवन बिताइरहेका कन्याहरूमध्ये सबैभन्दा सानी नानीले मलाई बेहोस भएर बगरमा पल्टेको देखिछन् । उनैले मेरो जीवन बचाएकी थिइन् । मैले उनलाई एक झलकमात्रै देखेको थिएँ । तैपनि उनको तस्बिर हमेसा मेरो मनमा छ । मैले साँच्चिकै माया गर्नसक्ने महिला उनीमात्रै हुन् ।”
“मलाई धिक्कार छ ! उनको जीवन बचाइदिने कन्या मै हुँ भन्ने उनलाई थाहा छैन ।” जलपरी अत्यन्तै दुःखी हुँदै सोचिन्, “मैले नै उनलाई उर्लिरहेको समुद्रबाट बोकेर चर्चको विद्यालयनेर लगेकी थिएँ । उनलाई मदत गर्ने कोही नआएसम्म म आफै ढुङ्गाहरूको पछाडि लुकेर हेरिरहेकी थिएँ । अनि एउटी राम्री केटी उनको नजिक आइन् । अब उनी मलाई भन्दा त्यही केटीलाई धेरै माया गर्छन् ! कस्तो विडम्बना !” दुःख र निराशाले गर्दा उनको मुटु फुट्ला जस्तो भयो, किनकि उनी रुन पनि सक्तिनथिन् । “तर ती केटर्ीर् इश्वरकी छोरी हुन् भनेर उनी भन्छन् । उनीसँग अब कहिल्यै भेट हुँदैन रे । म त उनीसँगै छु । म उनलाई दिनदिनै देख्छु । म उनकै सेवा गर्छु उनलाई नै माया गर्छु मेरो सम्पूर्ण जीवन उनैलाई सुम्पन्छु !”
यस्तैमा मानिसहरू आपसमा कुरा गर्न थाले, “हाम्रा राजकुमारको बिहे छिमेकी देशकी राजाकी सुन्दरी छोरीसँग हुँदैछ । यसैले यस्तो भव्य जहाज बन्दैछ । उनको लागि यति धेरै नोकरचाकरहरू खटाइएका छन् । मानिसहरू उनी विदेश यात्रामा जाँदै छन् भन्छन् तर बास्तविक कुरा के हो भने उनी राजकुमारीलाई हेर्न जाँदैछन् ।”
यस्तो कुरा सुन्दा सानी जलपरी केवल हाँस्थिन्, किनकि राजकुमारको मनमा के छ र उनी के सोच्छन् भन्ने अरूलाई भन्दा उनलाई राम्ररी थाहा थियो ।
“म जानै पर्छ ।” उनले जलपरीलाई भने । “मेरो बुवाआमाले मलाई राजकुमारी हेरेर आऊ भन्नु भएको छ । तर तिनलाई दुलही बनाएर ल्याऊ भनेर जिद्दी गर्नुभएको छैन । तर मैले राजकुमारीलाई कसरी माया गर्न सकुँला र ! उनी चर्चको विद्यालयकी ती सुन्दरी कन्या जस्ती पनि त छैनन् । यदि मैले पत्नी रोज्नुपर्यो भने मैले तिमीबाहेक अरूलाई रोज्दिन । आँखाको भाकाले बोल्ने मेरी प्यारी लाटी टुहुरी !”
राजकुमारले जलपरीको गुलाबी ओँठमा चुम्बन गरे, लामा कपाल मुसारे र आफ्नो शिर उनको छातीमा बिसाए । जलपरीको मुटु मानवीय आनन्द र अमर आत्मा बन्ने आशाले भरियो ।
“प्यारी लाटी, तिमीलाई पानी देखेर डर त लाग्दैन ?” छिमेकी राजाको देशमा जान लागेको भव्य जहाजमा बस्दै उनले जिस्किँदै सोधे । जहाजमा चढेपछि उनले सानी राजकुमारीलाई समुद्रको बारेमा बताए । समुद्रमा चल्ने आँधीबेरी र त्यसको भयानकता बारे सुनाए । समुद्रमा हुने अनौठा कुराहरू, भित्र गहिराइमा पुग्ने गोताखोरहरूले देखेका अचम्मलाग्दा वस्तुहरूको बारेमा बताए । उनको कुरा सुनेर जलपरी मुसुक्क हाँसिन् किनभने समुद्रको गहिराइभित्र के छ भन्ने कुरा संसारको कुनै पनि मानिसलाई भन्दा उनलाई धेरै थाहा थियो ।
एक रात टहटह जून लागेको थियो । जहाजका कर्णाधारलाई छाडेर सबै जना सुतिरहको बेलामा उनले जहाजबाट बाहिर तल समुद्रमा हेरिन् । समुद्रका लहरहरू जहाजमा ठोक्किएर बनेका सानासाना जलतरङ्गहरूतिर हेर्दै उनले समुद्रको पिँधमा आफ्ना बुवाको दरबार देखेको कल्पना गरिन् । उत्तिखेरै उनका दिदीहरू पानीमाथि देखिए । उनीहरूले दुःखी मनले उनीतिर हेरे । अनि आफ्ना पाखुरीहरू उनीतिर फैलाए । उनले दिदीहरूलाई इसाराले बोलाइन् र मुसुक्क मुस्काइन् । उनले तिनीहरूलाई सबै कुरा उनले चाहेजस्तै भइरहेको छ भन्न खोजेकी थिइन् । तर त्यसै बेला एक जना नाविक केटा उनीछेऊ आइपुगे । अनि त दिदीहरू उत्तिखेरै पानीभित्र पसे । त्यो केटोले केही पनि देखेन । उनलाई पानीमाथि समुद्रको गाज तैरिरहे जस्तो मात्रै लाग्यो ।
भोलिपल्ट विहान जहाज छिमेकी देशका राजको भव्य शहरको जहाज घाटमा पस्यो । जहाजका सबै घण्टी बजाइए । बिकुल पनि बजाइयो । सडकमा सिपाहीहरूले झण्डा फहराउँदै र घाममा ढालतरवार चम्काउँदै परेड गरे । त्यो देशकी राजकुमारी अझै शहरमा आइपुगेकी थिइनन् । उनी धेरै टाढा कन्भेन्ट विद्यालयमा राजकुमारीले जान्नु पर्ने सीप र व्यवहार सिकिरहेकी थिइन् । यसैले उनी नआइपुगेसम्म राजकुमारको सम्मानमा दिनदिनै नाचगान र भोजभतेर भइरहृयो । आखिरमा उनी आइपुगिन् ।
उनलाई हेर्न सानी जलपरी निक्कै आत्तिएकी थिइन् । राजकुमारीलाई देख्दा उनलाई संसारका प्राणीहरूमध्ये सबैभन्दा सुन्दर प्राणीलाई देखेजस्तो लाग्यो । उनी यति राम्री र गोरी थिइन् उनको शरीरका नसाहरू समेत देखिन्थे । कालो आँखी भौँमुन्तिर एक जोडी गहिरो खैरो आँखा थियो ।
उनलाई देख्नेबित्तिकै राजकुमारले भने, “समुद्रको किनारामा बेहोस भएर पल्टेको वेलामा मलाई बचाउने तिमी नै हौ ।” अनि उनले आफ्नी दुलहीलाई आफ्नो धड्किरहेको मुटुमा टाँसे ।
“मैले नचिताएको कुरा भयो । यसैले म साह्रै खुशी छु ।” राजकुमारले सानी जलपरीलाई भने । “मलाई सबैभन्दा धेरै तिमीले माया गछर्र्यौ । यसैले मेरो खुशीयालीमा तिमीले पनि खुशी मनाउनर्ुपर्छ ।” राजकुमारको कुरा सुनेर जलपरी साह्रै दुखी भइन् । उनलाई राजकुमारको बिहेअघि नै मुटु फुट्लाजस्तो भयो । राजकुमारले अरूलाई बिहे गरे भने जलपरीको मृत्यु हुनु निश्चित थियो ।
एक पल्ट फेरि गिर्जाघरका घण्टीहरू बजे । चुइँकी फिराउनेहरूले शहरको चारैतिर पुगेर राजकुमारीको विवाहको घोषणा गरे । सबै गिर्जाघर र र्सार्वजनिक ठाउँहरूमा चाँदीका धुपौरामा बास्ना आउने धुप बालियो । वर र वधुले एकअर्काको हात समाते । पुरेतले उनीहरूको बिहे भएको घोषण गर्दै आशिर्वाद दिए । रेशमी र सुनौला लुगा लाएकी सानी जलपरी दुलहीको लामो दोसल्लाको छेऊ उचाल्दै पछाडि उभिएकी थिइन् । तर न त उनका कानले त्यहाँ बजिरहेको संगीतको धुन सुनिरहेका थिए, न त उनका आँखाले त्यो पवित्र समारोह हेरिरहेका थिए । उनी त आफ्नो मृत्युको बारेमा सोचिरहेकी थिइन् । उनी त्यो भविष्यको प्रेम र संसारको बारेमा सोचिरहेकी थिइन् जो उनले सँधैका लागि गुमाइसकेकी थिइन् ।
साँझ वर र वधू जहाजमा चढे । उनीहरूको सम्मानमा बन्दुक पडकाइए । सबै झण्डा फहराइए । जहाजमाथि पाल टाँगेर एउटा कोठा बनाइएको थियो । गुलाबी र सुनौला रङ्गको पालले बनेको कोठामा राजसी जोडीका लागि नरम र चल्किलो पलङ सजाइएको थियो । दुलहा र दुलही यहीँ सुत्ने व्यवस्था गरिएको थियो । मौसम रमाइलो र शान्त थियो । जहाजका पालहरूलाई अनुकूल दिशामा चल्ने हावाले ढकेल्यो । जहाज बिस्तारै नीलो समुद्रतिर बढयो ।
अँध्यारो हुन थालेपछि रङ्गीचंगी बत्तीहरू बालिए । जहाजको डेकमाथि नाविकहरू रमाउँदै नाच्न थाले । यो देखेर सानी जलपरीले पहिलो पल्ट पानीमाथि आउँदा डुबेको जहाजलाई सम्झिन् । त्यस बेला पनि उनले यस्तै भव्य समारोह देखेकी थिइन् । अनि उनी पनि नाचमा समेल भइन् । शिकारी चराले लखेटेको गौँथली हावामा बेगसँग उडेझैँ उनी नाच्न थालिन् । उनको नाच हेर्ने सबैले ताली बजाएर उनको तारिफ गरे । उनले त्यस्तो नाच जीवनमा कहिल्यै नाचेकी थिइनन् । उनका नरम गोडाहरू धारिलो चक्कुले काटेजस्तो गरी दुखिरहेका थिए । तर उनको मुटुको घाउ धारिलो चक्कुको घाउभन्दा कता हो कता गहिरो र पीडादायी थियो । जसको लागि उनले आफ्नो बुवाआमा, दिदीहरू र सुन्दर घर छडिन्, अनि आफ्नो मीठो स्वरसमेत गुमाइन्, तर जसलाई उनका यी दुःख र पीडाका बारेमा केही पनि थाहा छैन, तिनै प्रिय राजकुमारलाई हेर्ने आखिरी दिन हो भन्ने उनलाई थाहा थियो । आफूले यस्तो माया गरेको राजकुमारसँग एउटै हावामा सास फर्ेर्ने, उनीसँगै गहिरो समुद्र र ताराले भरिएको रात हेर्ने उनको यो अन्तिम रात थियो । कल्पना गर्न र सपना पनि देख्न नसकिने अन्तहीन रातले उनलाई पर्खिरहेको थियो, किनकि न त उनको आत्मा थियो न त उनले आत्मा भएको कुनै मानिसको मन जित्न सकेकी थिइन् । राती अबेलासम्म जहाजमा मनोरंजन र रमाइलो भइरहृयो । घाइते मुटुमा अनन्त मृत्युको कल्पना गर्दै सानी जलपरी पनि हाँस्दै नाचिन् । उता राजकुमारले आफ्नी प्यारी दुलहीलाई म्वाई गरे । दुलही राजकुमारको कालो कपाल मुसारिन् । अनि एकअर्कालाई अँगालो मारेर उनीहरू नवदम्पतिका लागि बनेको गुलाबी रङ्गको पालले बनेको कोठाभित्र पसे ।
जहाजमा शान्ति छायो । जहाजको कर्ण्ााधारमात्रै जागा थियो । सानी जलपरीले जहाजको रेलिङबाहिर आफ्ना गोरा पाखुरीहरू फैलाइन् र पर्ूवतिर हेरिन् । उनलाई घामको पहिलो झुल्को कहिले लाग्छ भन्ने चिन्ता थियो, किनकि घाम झुल्कने बित्तिकै म मर्छर्ुुन्ने उनलाई थाहा थियो । त्यसै बेला उनले आफ्नी दिदीहरू पानीमाथि आएको देखिन् । दिदीहरू पनि उनीजस्तै उदास थिए । तिनीहरूको कपाल हावामा उडिरेको थिएन, किनकि तिनीहरूको ज्यू छोप्ने लामो केश काटिएका थियो ।
“आज राती तिम्रो मृत्यु नहोस् भनेर जादुगर्नीको मदत लिन हामीले हाम्रो कपाल उनलाई दियौँ ।” दिदीहरूले भने । “उनले यो छुरी दिएकी छन् । यो कति धारिलो छ हेर त ! छिटो गर । घाम झुल्कनुभन्दा पहिले नै यो छुरी राजकुमारको मुटुमा रोपिदेऊ । उनको मुटुबाट बगेको तातोतातो रगतले त्रि्रा गोडा भिजेपछि तिनीहरू फेरि माछाको पुच्छरजस्तै हुनेछ । अनि तिमी फेरी जलपरी हुनेछयौ र हामीसँगै र्फकन सक्नेछयौ । त्यसपछि तिमी समुद्रको फिँजमा परिणत नभएसम्म पूरै तीन सय वर्षबाच्नेछयौ । छिटो गर । घाम डुब्नुभन्दा पहिले राजकुमार र तिमीमध्ये एक जना मर्नैपर्छ । जादुगर्नीको कैँचीले हाम्रो केश झरेझैँ तिम्रो दुःखले गर्दा हजुरआमाका सबै केश झरे । चाँडै गर । राजकुमारलाई मार र हामीकहाँ आऊ । छिट्टो ! पर्ूवमा रातो रङ्गले घाम झुल्कन लागेको संकेत दिँदैछ । एक छिन पनि ढिला गर्यौ भने तिम्रो नाश हुनेछ ।” यति भन्दै उनीहरूले लामो सास फेरे र पानीभित्र पसे ।
सानी जलपरीले दुलहादुलही सुतेको कोठाको पर्दा उचालेर भित्र हेरिन् । हिस्सी परेकी दुलही राजकुमारको छातीमा टाउको राखेर निदाएकी थिइन् । जलपरीले निहुरिएर राजकुमारको सुन्दर निधारमा चुम्बन गरिन् । उनले आकासतिर हेरिन् । आकास झन्झन् गुलाबी हुँदै थियो । उनले धारिलो छुरीतिर हेेरिन् र आफ्नो दृष्टि फेरि राजकुमारमाथि अडयाइन् । राजकुमारको ओँठ चल्यो । उनले सपनामा आफ्नी दुलहीको नाम लिए । उनको मनका उनकी दुलहीबाहेक अरू कोही थिएन । जलपरीले हातको छुरी उचालिन् । तर अचानक उनले त्यो छुरी सकेसम्म टाढा समुद्रको छालमाथि फ्याँकिदिइन् । छुरी खसेको ठाउँ छालमा आगोको ज्वाला दन्क्यो । एक छिनपछि त्यहाँको पानीमा रगत र्छर्किएको देखियो । उनले फेरि आफ्नो धमिलो दृष्टि उनीमाथि अडयाइन् जसलाई उनी आफ्नै आत्मालाई भन्दा बढी माया गर्थिन् । त्यसपछि उनी पानीमा हामफालिन् । अनि उनको सुन्दर शरीर बिलाएर पानीको फिँज बन्यो ।
त्यसपछि समुद्रबाट घाम उदायो । समुद्रको कठयाँग्रिने चिसो फिँजमाथि सूर्यको हल्का न्यानो किरण पर्यो, जसले गर्दा उनलाई मृत्युको पीडा भएन । उनले निर्मल आकासमा चम्किलो सूर्य र जहाजका सेता पालहरू देखिन् । समुद्रमाथि गुलाबी रङ्गका बादलहरू थिए । माथि हावामा सैयौँ सुन्दर पारदर्शी जीवहरू उडिरहेका थिए । ती अलौकिक जीवहरूको स्वर साह्रै मिठो थियो, तर पृथ्वीबासीहरूले उनीहरूको स्वर सुन्न सक्तैनथे । पृथ्वीबासीका आँखा उनीहरूको पारदर्शी शरीरलाई पनि देख्न सक्तैनथे । उनीहरू हावाभन्दा हलुका थिए । यसैले उनीहरू हावामा तैरिरहेका थिए । सानी जलपरीले आफ्नो शरीर पनि उनीहरूको जस्तै हल्का र पारदर्शी भएको अनुभव गरिन् र उनी पनि बिस्तारै फिँजबाट निस्केर हावामा तैरन लागिन् ।
“ए, मलाई कहाँ लैजान लाग्यौ ?” उनले सोधिन् । उनको स्वर र्स्वर्गको संगीतजस्तै मिठो सुनियो । यस्तो मिठो संगीत पृथ्वीमा कसैले उत्पन्न गर्नसक्तैन ।
उनीहरूमध्ये कसैले जवाफ दियो, “तिमी हावाकी छोरीहरूकहाँ जाँदैछौ । जलपरीलाई पृथ्वीबासीले माया नगरेसम्म तिमीसँग अमर आत्मा हुँदैन । तिम्रो अनन्त जीवन कसैको इच्छामा भर्रपर्छ । हामी हावाकी छोरीहरूको पनि अमर आत्मा हुँदैन । तर असल काम गरेर हामी अमर आत्मा पाउनसक्छौँ । हामी गर्मी हुने देशतिर जान्छौँ । त्यहाँ तातो हावाले मानिसलाई मार्नसक्छ । त्यस्तो ठाउँमा चिसो बतास भएर हामीले मानिसलाई शीतलता दिन्छौँ । हामीले हावामा फूलको सुगन्ध छछौर्ँ जसले मानिसलाई स्वस्थ र फर्ुर्तिलो बनाउँछ । तीन सय वर्षम्म असल काम गरेपछि हामीले अमर आत्मा पाउँछौँ र मानिसहरूको अनन्त सुखको अनुभव गर्नसक्छौँ । तिमी सानी जलपरीले हामीले भन्दा धेरै असल काम गरिसकेकी छ्यौ । तिमी दिलैदेखि त्यो लक्ष पाउन लागिपरेकी छ्यौ । तिमीले धेरै दुःखकष्ट भोगिसकेकी छ्यौ । यसैले तिमी हावाकी छोरीहरूसरह भइसक्यौ । अब तीन सय वर्षभत्र तिमीले राम्रो काम गरेर आफ्नै अमर आत्मा पाउन सक्छ्यौ ।”
यो सुनेर जलपरीले आफ्ना पारदर्शी पाखुरीहरू आकासतिर फैलाइन् अनि उनी पहिलो पल्ट रोइन् ।
उता जहाजमाथि फेरि हल्ला र रमाइलो सुरु भयो । राजकुमार र उनकी दुलहीले आफूलाई खोजेको कुरा जलपरीले थाहा पाइन् । उनी पानीमा हामफालेको कुरा उनीहरूले थाहा पाएजस्तो गरी उनीहरूले समुद्रतिर उदास भएर हेरे । उनले थाहै नपाउने गरी दुलहाको निधारमा म्वाइ गरिन् र दुलहीतिर हेरेर मुस्कुराइन् । त्यसपछि उनी हावाकी छोरीहरूको पछि लागिन् । उनीहरूसँगसँगै उनी पनि हावामा उडिरहेको गुलाबी रङ्गको बादलमाथि पुगिन् । उनीहरूले भन्दै थिए, “यसरी उड्दैउड्दै तीन सय वर्षा हामी र्स्वर्गको राज्यमा पुग्नेछौँ ।”
“हामी त्यहाँ त्योभन्दा चाँडो पनि पुग्नसक्छौँ,” एउटीले सुटुक्क भनिन्, “अदृश्य भएर हामी मानिसहरूको घरमा पस्छौँ, जहाँ केटाकेटीहरू हुन्छन् । ती घरमा आमाबाबुलाई खुशी पार्ने र बाबुआमाको माया पाउन योग्य बालबालिका भेट्टिए भने इश्वरले हाम्रो परीक्षणको म्याद घटाइदिन्छन् । हामी कुन बेला कोठाभित्र पस्छौँ भन्ने कुरा केटाकेटीलाई थाहा हुँदैन । त्यस्तो बच्चालाई देखेर खुशीले हाँस्दा हाम्रो तीन सय वर्षलामो परीक्षण कालबाट एक वर्ष घट्छ । तर यदि बदमास बच्चा भेटियो भने हामी दुखी भएर आँसु बगाउँछौँ । एक थोपा आँसु खस्दा हाम्रो परीक्षण काल एक दिनले बढ्छ । !”
(साभार : “कथाकोसेली ६ : हान्स एन्डरसनका कथाहरु” बाट)