कविता : स्वार्थ

~गोवर्धन पूजा~Govardhan Pooja

थाहा छ,
तिम्रो फैलावट संगसंगै
बढ्दै जाने छ हाम्रो दूरी
क्षितिजले कोरेको
धर्ती र आकाश बीचको सीमारेखाजस्तै

तर पनि
जून बनेर हामी
कामना गरिरहन्छौ, तिमो घामको

हे नदी !
हामीलाई मिलाउने निहुमा
माया गरेर कहिल्यै नसुक्नु

स्वीकार्य छ, तिम्रो समुपस्थितिमा
समानान्तर जीवनको घामपानी
बगर बन्नुभन्दा
तिम्रो अनुपस्थितिले !

४/२१/२०१४
हाल:- बोस्टन, अमेरिका

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.