कविता : कुर्सी

~पुरुषोत्तम ढुङ्गेल~

सांल्दाजु

सिकर्मी सांल्दाजु !!
भन्देउ न
कुन काठ प्रयोग् गरेर
बनाउछौ कुर्सी ?????
कि
त्यो
कुर्सिमा
बस्दा नबस्दै
फेरिन्छ मान्छे ।।

हेर त दाजु ,
तिमीले बनाएको कुर्सिमा
हिजो मात्रै
बस्न गएको मान्छे
मान्छे नि रहेन आज
नत्र
किन ऊ आफुजस्तै मान्छे हरुलाई हेर्दै
अट्टाहास् गरिरहेको छ ?????

दाजु
भन्देउ न
कुन रङ लगायौ त्यो कुर्सिमा ?????
कि
हिजो मात्रै त्यस्मा बस्न गएको सादा मान्छे
आज
चिन्नैनसकिने गरी बहुरंगी भएको छ ।।

सांल्दाजु !!

सांल्दाजु !!
भन्देउ न्
बिन्ती
तिमीले बनाएको त्यो कुर्सिमा
बस्नेबित्तिकै
के पस्छ मान्छेको मुटुमा ?????
कि
हिजो मात्रै
त्यो कुर्सिमा बस्न गएको
म जस्तै मान्छे
आज
मेरै
आँसुको बलेसिमा
कागजको डुंगा बनाएर
बगाइरहेको छ ।।।

दाजु
सयौं कुर्सी बनाउदा बनाउदै
तिमी एत्त्ती बूढो भैसक्यौ
कि
अब तिम्रो जीवन को
खातामा धेरै पाना बाँकी छैनन् ,
तैपनी
तिमी मर्नु अघी
तिमीलाई तिम्रो आमाको कसम ,
भन्देउ
हामीलाई
के प्रविधिले बनाउछौ
त्यो कुर्सी ??
जस्मा
बस्नेबित्तिकै
म जस्तै
सरसाउंदो मान्छेको
निस्कन्छन्
तीखा तीखा
दारा
नंग्रा

सिङ हरु !!

दाजु !!
कुनै दिन

तिम्रो घर आएं भने
झुक्किएर पनि
मलाई
त्यस्तो कुर्सिमा बस्न नभन्नु ल !
किनकी

मान्छे बाहेक
अरु केही भएर
बांच्न चाहन्न ।।।

२०७५ असार २९ भानुजयन्ती
@ भिमसेनगोला

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.