गजल : मन्दिर हेर

~छविलाल खड्का~

जुन मान्छेले बनायो, मन्दिर हेर
उस्कै लागि भो निषेध, मन्दिर हेर ।

श्रम चलेछ चलेन, पानी र जात
कस्तो रहेछ उसको, तक्दिर हेर ।

शुद्र या वैश्य ब्रामण, अनि यी क्षेत्री
उस्तै उस्तै छन् सबका, तस्विर हेर ।

ऐन नियम लेखियो, किताब भित्र
तोड्नु छ छुवा छुतको, जन्जिर हेर ।

चार जात छत्तिस, वर्ण फूलवारी
टीका सबैको साझा त्यो, अविर हेर ।

२०७६/०८/२६
छविलाल खड्का

कोहलपुर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.