~जे पी लम्साल~
कलेज आयो केटि हेर्यो मन यतै भुल्छ
तिमिलाइ देख्दा मेरो मनमा मायाको फुल फुल्छ
तिमि संग मन्दिर अनी डेटिङ्ग जाने इच्छा नभएको होइन
तिम्रो बाउले थाहा पाए शिवजीको रिसको पोको यतै खुल्छ
तिम्रा बाउ त मेरो मायाको दुश्मन नै थिए
उ त्यो साले मेरो साथि तिम्रै वरपरी डुल्छ
सबै तिरबाट पिडित परे मायामा आतंक पसेछ
संका लाग्छ आजभोली सुनमा नी पित्तल घुल्छ
जगत प्रसाद लम्साल (जे.पी.)
दैलेख हाल सुर्खेत
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )