~शिव अधिकारी~
फूल हो सिर्जना विन्दू धर्तिको मन मोहिनी
खोलिएको मिठो हाँसो फूलैको बासना पनि
हास्नु हसाउनु पर्ने किन हो यो फूली फूली
के कर्तव्य गरिराख्ने फूलले जिवनी भुली
किन फूल्दछ यो फूल कस्को लागि फूति रह्यो
फूलले पाउने के हो बरु यै चट्ट काटियो
फूलेर काटिनु पर्ने कस्तो नियतीले यहाँ
गुलाफ र अनेकौ यी फूल फूल्छन् जहाँ तहाँ
कोपिला रहँदा सम्म पर्खिन्छ मानिसै पनि
जब फक्रन्छ फूलेर उखेल्छ निर्दयी बनि
किन फूल्नु लुटि नै छ फक्रेर बासना दिन
के गर्न मन चोरेर आएकोछ सधै लिन
मान्छेको मनमा बस्दा फूल फूल रहन्न ख्वै
यसको दुःख देख्ने चै यहाँ हुन्छर फेरी क्वै
यसैले फूलझै बन्नेलाई शिक्षा लिनु अव
भन्न मन्लाग्छ जैलेनी होसियार हुनु सव
जोगाउँ फूलको बस्ति त्यो उस्कै घर हो भनि
नविगार्नू कतै त्यस्को हुर्काउ कोपिला पनि
पराग सन्सनी बन्छ हावामा मग्मगाउदै
आखिरी बासना बोकी आँउछ धर्तिमा सधै
खोकिलामा पनि फूल मनमा पनि त्यै फूल्यो
मनको फूल संझेर बगैँचा जोगिए पुग्यो
धर्ति हो यो बगैचा नै स्याहार गर्नु पर्दछ
फूललाई जोगाएर बासना लिनु पर्दछ
बासना मात्र हो हाम्रो फूल ह्वैन कि के कसो
किन यो दिल उघ्रेर फूलमा नै गई बस्यो
यसै राम जपि मात्रै हुदैन है यहाँ सधै
फूलै फूल भरे देश हुन्छ यो स्वर्ग नै सिधै
शिव १५ चैत्र २०७३, बाबाधाम कोटेश्वर काठमाण्डौ ।