~किरण खरेल~
हिमालको काखमा छ सानो मेरो गाउँ
पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ
कालो कालो बादलमा केश फिजाउँछु
कलकल बग्दै म यो देश भिजाउँछु
प्रभातमा होss टल्किएको मोती जस्तो शीत हो
यो माटोमा रोपेकी हुँ मैले चोखो प्रीत
पार्वती हो नाउँ
यो देशमा ल्याउँछु नयाँ नयाँ रङ्ग
रमाउँदै गाउँछु म कोइलीको सँग
मेरो हाँसो होss सँगालेर फूल मगमगाउँछ हो
मेरो रुप सिँगारेर जून जगमगाउँछ
पार्वती हो नाउँ
रात पनि रिझाउँछ मेरो नयनमा
नयाँ दिन उदाउँछ मेरो बदनमा
बतासमा होss,(बतासमा हराउँदै गए पनि पर)x2
स्वर्ग जस्तो नेपाल हो (मेरो माइतीघर)x2
पार्वती हो नाउँ
हिमालको काखमा छ सानो मेरो गाउँ
पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ
रचना : किरण खरेल
सङ्गीत : शिवशङ्कर
स्वर : तारादेवी
एल्बम : तारादेवीका आधुनिक गीत