~राजेन्द्र चोथाले~
तिमीले दिएका घाउ दुखेपछि रोएँ
मायाको समुद्र सुकेपछि रोएँ |
आफ्नै जीवन लाग्छ आफूलाई गाली
आज मेरो आँसु बन्यो तिम्रो ताली
तिमीलाई चिन्न चुकेपछि रोएँ |
धेरै फूल चुँडी तिमीलाई चढाएँ
दियो आरतीको यो मनमा जलाएँ
त्यही बत्ती तिमीले फुकेपछि रोएँ |
सबैलाई भन्थें यो मनकी धनी हौ
म आकाश मेरो तिमी चाँदनी हौ
पराई बादलमा लुकेपछि रोएँ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)