गजल : तोकेर केही हुँदैन

~डा बच्चु कैलाश कैनी~

मायाको दर भाउ छैन तोकेर केही हुँदैन ।
माया लागे पछी कसैले रोकेर केही हुँदैन ।

माया माया नै हो भेदभाव छैन कसैलाई
नि:स्वार्थ भए प्रेमको भारी बोकेर केही हुँदैन ।

देखेर हैन लेखेर मात्रै आफ्नो भाग पाइने रै’छ
जे हुनुछ सो भई जान्छ खोकेर केही हुँदैन ।

विस्वास विनाको माया यता न उता हुन्छ
यहाँ जरा बिनाको बिरुवा रोपेर केही हुँदैन ।

माया गर्नेले आफ्नो नठानी धोका दिएपछि
आफ्नै टाउको भित्तामा ठोकेर केही हुँदैन ।

पौष ७, २०७६ (२३ डिसेम्बर २०७६)
लन्डन, बेलायत ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.