बहरबद्ध गजल : छिमेक कस्तो

~रिजाल किरण~

बहर : मुतकारिब मक्बुज असलम

बिखालु काडाँ बनेर डस्ने छिमेक कस्तो
मिलेर बस्दा जलेर मर्ने छिमेक कस्तो ।

पहाड पाखा तराई हाम्रो सुगन्ध माटो
सुगेर घाटी घटुक्क निल्ने छिमेक कस्तो ।

तरेर आँखा सदैव हाम्रो बिकास काममा
अनेक बाधक बनेर बस्ने छिमेक कस्तो ।

सिमाहरुमा किचोल गर्दै सदैव उग्र
बनेर साढे अधम छ हान्ने छिमेक कस्तो ।

विस्तार बादी घमण्ड त्यस्को बढेर साथी
लुटेर हाम्रो अस्मिता खेल्ने छिमेक कस्तो ।।

धन्यवाद ।
ठेगाना :-विराटनगर -१

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.