कविता : लाहुरेको स्तूती

~दिल थापा~

सन्देश लिएर आउंछ
हरेकबिहान कलिलो घामले
लाहुरे छोराको स्वाभिमान लिलामी भएको देशमा
मातृभुमि विस्तारवादको घेराबन्दीमा परेको छ भनेर ।
जब निलो आकाशको सीमारेखाहरुलाई
कालो बादलले घेराबन्दीमा पार्छनी ।
अनि घामले किरणको बुलेटहरु प्रहार गर्छ l
कालो बादलमाथि l

आमा
यो तिम्रो लाहुरे छोरो
कोखमा आएको दिनदेखि
लिलामीमा परेको छोरो
निलो आकाशलाई सधै सुरक्षा दिईरहने घाम पनि होइन ।
कुनै सामाज्यवादले बनाएको बुलेट होइन ।
म त मेरो पुर्खाहरुले अग्रीम बन्दकीमा राखिएको घामको किरण हो ।
मातृभुमितर्फ सोझिएको विस्तारवादी बन्दुकको नालहरू हो।

मेरो देशलाई दुखेको बेलामा
म मातृभूमिको पक्षमा हुनुपर्ने बेलामा
तर म लाहुरे छोरा विपक्षमा
भारत माताकी जय शब्दावलीलाई
नशाहरुको ओदानमा तताएर गिदीमा त्याटु खोपिरहेछु ।
कालापानीको बलौटे माटोमा लम्पसार परेर ।

विस्तारवादी वनमारा खेती गर्न हर प्रयास गर्छ ।
हामीलाई नै खेतला बनाएर हाम्रै कालापानीमा ।
बुटको ट्याक्टरहरु प्रयोग गरेर
दादागिरीको गोठहरु ठाउँ ठाँउमा खडा गरेर
म आजभोलि मनको मरुभूमिमा
देशभक्ति बिरुवा खोजी रहन्छु ।
सायद म मा देशभक्तिको विरुवा भएको भए ।
सानैमा लाहुरेवादको वाइवलतिर आकृष्ट हुन्थीन होला ।

दिल थापा मगर
दमौली तनहुँ
हाल जापान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.