कविता : मध्याह्न

~नरदेन रुम्बा~Norden Rumba_1

यो भन्ज्याङबाट
माथि उठेर आकाशको बीचमा त्यो घाम
एकक्षण रोकिन्छ
त्यसले हिमालहरूलाई छातीले छोएर
एकक्षण स्तब्ध हुन्छ
आफूबीचमा बसेर जब त्यसले मलाई जीवनको
किनारतिर डोर्याउँदै लान्छ
म अँधेरोलाई त्यसै–त्यसै बिर्सिहाल्छु
म मान्छेका बस्तीहरूदेखि माथि जान्छु
आकाशमा धेरै तरङ्गहरू बनिन्छन्
अझै माथि जान्छु
मेरा नङ र मासुहरू बादलजस्तै फाट्दै
पातलिँदै नीलोमा बिलाउँदै जान्छन्
यसरी सधैँ एउटा घमाइलो/रमाइलो मध्याह्रन
यो मान्छेको अन्तिम रूप र अनुहार च्यातेर
नयाँ विकासको नयाँ प्रश्वास खोजिरहेको हुन्छु।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.