लघुकथा : ‘गाँस’ र ‘ग्याँस’

~होमर श्रेष्ठ~

भातको सट्टा चिउरा खाएको तीन दिन भैसकेको थियो… आमाले रिसाउदै भन्नुभयो, “आगोको गफ छाँटेर चुह्लोमा भात पाक्ने भए किन यो देसमा सधैं ‘गाँस’ र ‘ग्याँस’को हाहाकार हुन्थ्यो! किन कालाबजारिया र भ्रस्टचारीहरू सधैं चम्किरहन्थे? तिमीहरूजस्ता पानीमरुवा र हुतिहाराको कारन देसको यो दुर्गति भएको हो !”

भुसतिघ्रे छोराहरू गाला रातो पार्दै आमाको मुखमा हेरीरहे !

(स्रोत : फेसबुकको ‘लघुकथा कुनो’ समूहबाट )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.