~कविराज भट्ट ‘बिलौना’~
सारा भूतलको अलौकिक कलाका वाग बस्नेहरु
उच्चा श्वेत हिमाल शंकर शतीका काख बस्नेहरु ।
मिठा कोकिल भाकले हृदयको ढोका उघारी यहाँ
नेपाली पन झल्किने किसिमका सौगात रच्नेहरु ।।
हाम्रो शक्ति र एकता किन एकादेश्को कथा झैँ भयो
भाषा भेषभुषा पुरातन सबै पुर्खासँगै गै गयो ।
हाम्रा जन्ति जमातका ति छलिया मिठा बिगुल् धुन्हरु
ढुस्को खेल धुमारि फाग सगुना सम्झेर मै के गरु ।।
एकै राज्य छ तै पनि समयका राजा हजारौँ भए
गुण्डा चोर अघी र सज्जनहरु पर्दा पछाडी रहे ।
नाता आज रहेन भाइहरु नै दुस्मन् सरीका भए
आफन्तै घरमा मरे पनि अहो जन्ति र डिस्को गए ।।
टुट्यो भक्ति र भावना समयका मन्दिर बाँझा रहे
छोडी वेद पुराण धर्म अहिले पण्डित फौजी भए ।
साठी पार भयो त बृद्धहरुता बृद्धाश्रमैमा गए
आफ्नै पुत्र समेत आज किन हो हेर्नु पराइ भए ।।
मिठो कोमलता हुने मन छुने मैलो मनैको धुने
भर्ने भावुकता उजाड मनमा पाषाणले नी रुने ।
आफ्नो काव्यकला सुधा रस मिठो दिई राखेर राम्रो छवी
जस्ले यो दुनिँया बल्दछ उही खोज्दैछु एउटा कवी ।।
कविराज भट्ट बिलौना
महेन्द्रनगर , कञ्चनपुर
(स्रोत : रचनाकारको ब्लगबाट सभार)