कविता : बाँसको फूल

~शरद पोख्रेल~

रहरै रहरमा
लहडै लहडमा
मलिलो बारीको छेउँमा एउटा बिरूवा रोपियो।
उसको उचाई आँकलन गरेर
गाई बस्तुबाट जोगाई जोगाई
मलजल गरी हुर्काइयो।

अहिले बिरूवा बढ्यो- धुरीलाई नै चाप्ने गरी
झांगियो- आँगनै ढाक्ने गरी
फैलियो – बारी नै छोप्ने गरी
न घरमा घाम आइपुग्छ
न बारीमा कुनै अनाज फल्छ
न आफू फलाउँछ।

अँ
रहरको बिरूवा
अबको केही बर्षमै फुल्नेवाला छ यो -यो बाँसघारी।

– शरद पोख्रेल

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.