~बित्रा आचार्य~
धन र शान दुइ दिनको मात्र
सकिन्छ छिट्टै नचाहेर पनि ।
अहंकार-घमण्ड केही दिनको मात्रै
टुट्छन त्यो नजानेर पनि।।
धन कमाउने शान बढाउने कुण्ठा बोकेर
मान्छे उर्लेको देख्दा हैरान पर्छ।
अहंकार-घमण्डले आडम्बरी उफ्रेको हेर्दा
कति दिनलाई होला सोचमा पर्छ। बित्रा आचार्य
व्यर्थ छन् सबै संसारको माया मोह
ज्ञात भएरै पनि नजानेको देख्दा
धन-सम्पत्ती, एसो आराम प्राप्तिको निम्ति
आफूलाई समेत बेचेको भेट्दा ।
लाग्छ यहाँ जानी प्राणी अज्ञानी छ।
मन ठूलो होस् विचार विशाल होस्
लालची इच्छा आकांक्षा गंगनचुम्बी नहोस्
आत्मविश्वास होस्, आफ्नो कर्ममा सन्तुष्टी होस्
जे छ त्यसैले पुगोस् जो सत्य पनि होस् ।
यो मन कहिलै कतै पनि नसाँगुरियोस्, नखुम्चीयोस्।
विचारें मैले, यतिका धेरै बसन्तहरूपछि
सबै सकिँदो रहेछ उपभोगका सामग्रीहरू
तर विचार सकिँदैन रहेछ, मन सकिँदैन रहेछ।
बाँच्दो रहेछन् आफूले रोपेका सुकोमल विचारहरू अनि
मन सकिंदैन रहेछ दिनौदिन खर्च गरे तापनि।।
– ताजा, रिनोक
शुक्रबार, १८ जनवरी, २०१९
(स्रोत : समय दैनिक – गान्तोक)