~छविलाल खड्का~
तिमी विना नि, बाँच्न सक्छु म
माया विना नि, बाँच्न सक्छु म ।
भमरा बिच, फुल्यौ नि आज
प्यार विना नि, जिउन् सक्छु म ।
अधुरा पल, तिम्रा ती छल
जुन विना नि, साँच्न सक्छु म ।
खसेको फूल, झरेको आँशु
धागो विना नि, गाँस्न सक्छु म ।
छाड्यौ कोठा, लायौ काँडेतार
साथ विना नि, बस्न सक्छु म ।
२०७६/०७/२१
छविलाल खड्का
कोहलपुर
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )