~भरत खत्री~
“रिद्दिसिद्दी यातायात” “सुन्धारा सानोगाउ- सानोगाउ सुन्धारा”
म रत्नपार्क देखि बालकुमारी सम्मको यात्राको लागि बसमा बसे। बसमा अरुबेला भन्दा अलि कम यात्री थिए। त्यहीँ पनि बस्ने ठाउँ थिएन खुट्टा राख्ने ठाउँ मात्र थियो। गुरुजी (चालक)को पछि दुइवटा फलमका डन्डी तेर्सिएका थिए, बिचमा केही भाग खाली ठाउँ थियो। त्यो सानो खाली ठाउँलाइ मेरो आवश्यकता परे झै लाग्यो र म त्यहीँ गएर बसे। बस्न त्यति सहज भने पक्कै थिएन। बसमा पुरानो हिन्दी गीत बजिराखेको थियो। म्युजिकको भोलुम सानो बनाउदै गरुजीले सहचालकलाई भने “ओ…कन्छा ल बस अब जाउ, अरुलाई पनि छाडिदिनु पर्यो।”
बबरमहल, बानेश्वर, कोटेश्वरमा, ग्वार्को ठाउँ खाली आउनुहोस् आउनुहोस्!
मैले पहिले बजेको गीत सुस्त सुस्त गुनगुनाउन थाले, “उड्जा काले क्वा तेरे मु बिच खण्ड पावा” सायद गुरुजीले मेरो गीत सुन्ने इच्छा बुझेछ्न क्यार म्युजिकको भोलुम बढाए। हामी संगै बसमा यात्रा गरिराखेको एउटा मधेसीभाइ बनोटमा सानो कपडा बिछाएर बसिराखेको थियो। उसलाइ संकेत गर्दै गुरुजीले मुख खोले।
भाइ त इन्डियन होस्?
हैन म नेपाली हु।
म त इन्डियन हो नि।
म- तपाईं इन्डियन हो दाजु?
त्यसको प्रतिउतरमा दाइले केही जबाफ दिएनन् ।
बरु भन्न थाले, मैले धेरै बेरसम्म गाडी रोक्दै रोक्दैन। एउटा मात्र जाम खान्छु जहिले, जहाँ पनि। बसले बिस्तारै आफ्नो गति लिन थाल्यो। भाइले कुरा थप्यो, त्यहीँ त दाइ अरुले भएको भए आदा घन्टा कुराउथ्यो। मुसुक हास्दै गुरुजीले भने त्यहीँ त भाइ म अरुभन्दा अलि फरक छु। भद्रकाली पुग्दा फेरि सिंहदार देखि भद्रकालीको भब्य जाममा परियो। दाजु तपाईंले गाडी चलाउन इन्डियामै सिक्नु भएको?
हैन भाइ कहाँ सिक्नु म त यहीँ कै नेवार हु नि। मैले त यो भाइलाई हल्का के भन्छ त्यो? जिस्काइ दिएको नि!
भाइ पुरै ठिस भैदिरा भन्या। उ हेर पारी सडकको डनहरु आए, यिनिहरुलाइ त…केही भन्नू नै हुँदैन समाती हाल्छ। समाते मात्र त हुन्थ्यो नि, नानाथरी कुरा सुनाएर अर्को झमेलामा पार्छ भन्या। मलाई समती हाल्यो भने, सर म नयाँ हो भन्छु, लाइसेन्स खै भन्दा लिनुहोस सर, बिलबूक खै भन्दा लिनुहोस सर, केही भयो भने म नयाँ हो गलती भयो सर भन्ने हो भने बल्ल छोड्दिन्छ, नयाँ रहेछ्स अहिलेलाई जा पछि यस्तै गरिस भने छड्डिन नि फेरि भनेर छडिदिन्छ। त्यही भएर तपाईं…हजुर सर भनेर भन्छु। यिनी सडकको डनहरु सित मुखमुखै लाग्यो भने त चिट त काट्छ नै झपार्न पनि मज्जाले झपार्छ भन्या। हामी दुइजनाले पनि हो मा हो मिलायौ। सडकको डनहरु खत्रा छन्। ल… हेर कसरी थर्काउदै छ, ल… हेर हेर्दा हेर्दै चिट पनि काट्यो। जाम खुल्यो बसले पुनः पहिलेकै गति लियो। सिंहदरबारको जाम एकै छिन के खुलेको थियो ससुरालीमा (माइतीघर मण्डला) जाम सुरु भयो। सडक जाम भएर ठुला गाडी छिर्न नसक्ने बाटो भएपछी साना गाडी अर्थात बाइकले कुनाकापचालाई आफू छिर्ने माध्यम बनाउन जबर्जस्ति भरपुर प्रयास गर्दै थिए। त्यो दृश्य बसका सम्पुर्ण यात्रुहरुले निहाली रहेका थिए, त्यतिकैमा गुरुजीले भने। ल…हेर्नुस् बिहान अफिस जादा पनि यिनैलाई हतार हुन्छ, अफिस बाट घर फर्किदा पनि यिनैलाइ हतार। ल हेर्नुस् कसरी जबर्जस्ति गाडी छिराउदै छन्। कसैले केही भन्यो भने यिनैले ठुलो कुरा गर्छन। थोरै ठाउँ पाउने बितिकै आफू घुसी हाल्ने, बाटो आफ्नो जस्तो गर्ने। मैले त्यही भएर यिनिहरुलाइ कहिले साइड दिन्न ल हेर्नुस् दिने भए अहिले सम्म दिसक्थे। त्यहीँ भन्न मात्र के सकेका थिए गुरुजीले, गाडिले आफ्नो लिग छाडेर नजिकैको रुखमा ठवाक्क ठोकियो। गुरुजीले गफको तालमा केही थाहा नपाए झै गरि गाडीलाई अगाडि बढाए। संगै बसेको भाइले गुरुजीको खुबै प्रशन्सा गर्यो। गुरुजी खुबै मख्ख परेर सडकका डनहरुको र आफ्ना प्रतिस्पर्धि ड्राइभरका कुरा सुनाउदै गए।
भरत खत्री
गुल्मी धुर्कोट ३ हाडहाडे
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )