कविता : यात्रा जिन्दगीकाे

~अक्कल बहादुर शाह~

जिन्दगीका पानाहरु समेट्दै छु मैले,
एक एक पाना जोड्दा जोड्दै किताब बन्छ कैले ।

कति पाना खालि रहेछन्, कति च्यातिएका,
कति पाना बुझ्नै गाह्रो मसि पोतिएका ।
विगतका जीवन गाथा समेट्दैछु अहिले,
एक एक पाना जोड्दा जोड्दै किताब बन्छ कैले ।
जिन्दगीका पानाहरु समेट्दै छु मैले,
एक एक पाना जोड्दा जोड्दै किताब बन्छ कैले ।

यात्रा गर्दा कति पाना लेख्न पनि भुल्यारैछन्,
झरिमा परि कति पाना नबुझिने गरि फुल्यारैछन् ।
आँधिसंगै रुमलिएका पानाहरु खोजिरहेछु मैले,
एक एक पाना जोड्दा जोड्दै किताब बन्छ कैले ।
जिन्दगीका पानाहरु समेट्दै छु मैले,
एक एक पाना जोड्दा जोड्दै किताब बन्छ कैले ।

खोली तर्दा कति कथा नदी भित्रै विलाईएछन्,
फाटेको घाउ सिउँदै गर्दा संगै कति सिलाईएछन् ।
कति पाना मुटु जल्दा संगै जले पैले,
एक एक पाना जोड्दा जोड्दै किताब बन्छ कैले ।
जिन्दगीका पानाहरु समेट्दै छु मैले,
एक एक पाना जोड्दा जोड्दै किताब बन्छ कैले ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.