लघुकथा : आफन्तजन

~यकिना अगाध~

उ बिमारी पर्यो । छोराछोरी बाहिर थियो । मुस्किलले कसैले अस्पताल पुर्याईयो ।

अस्पतालमा कुरुवा कोही भएन । चिनेजाने सबैजसोले यो खबर थाहा पाए तर कोही कुरुवा बसिदिन आएन ।

बिमारको प्रकृति गम्भीर थियो । उ अस्पतालको शैय्यामै मर्यो ।

उ मरेर घाटमा लगेको सुनेपछि सबै आफन्तजन र चिनेजानेका गाउँलेहरु भेला भए ।

‘मेरो काका, मेरो ठूला बाबा, मेरो मामा, मेरो संगी, मेरो भाइ ….’ अघि बिमार भएर अप्ठेरो पर्दा खबर पाएर पनि अस्पतालमा कुरुवासम्म नआईदिएकाहरु एवंरितले साईनो लाउँदै कोकोहल मच्चाएर रुन थाले ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.