~सुरेन्द्र थेगिम~
जीउँदै मरेछु तिमीले मलाई छाडेपछी
मेरो ठाउँमा तिमीले अरुलाई सारेपछी
धन नै ठूलो देखे तिम्रो परिवारले पनि
तिमीपनि खुसी छौ मलाई माया मारेपछी
आफन्तको खुसीको लागि जाँदैछु भनेपछी
बिदा दिए तिमीले नै बाध्यतामा पारेपछी
जहाँ छौ सुखी बस्नु जीवन भरि भुल्ने छैन
जस्तो छाड्यौ उस्तैछु तिम्रो मायामा हारेपछी
एकपल्ट नि देख्न पाईन रुन्छ मेरो मन
तिम्रो मेरो सम्बन्ध नै सिन्दूरले बारेपछी
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )