~दीपक कुमार ज्ञवाली~
नेपाली हामी बहादुर भनि गर्दछौ हूँकार ।
पुर्खाको विरता गाएर मात्र समय फाल्दछौ ।
अस्मीता देशको लुटीदैछ कहाँ छौं नेपाली ।
सामाजिक सञ्जाल रङ्गाउँदै देखाउँछौं देशभक्ति ।
सुशेली हाम्लाई बिरानो बन्दै त्यो कालीनदीको ।
पुर्खाको शानले जोगीदैन लिपुलेक लिम्पीयाधुरा ।
दुईचार जना जाग्दैमा भत्किएला दुश्मनको किल्ला ?
उठ्नुपर्छ नेपाली सबै जागृत गराई पुर्खाको त्यो शान ।
हामी त केवल जनता हौं अग्रसर हुनुपर्दछ सरकार ।
नसक्ने भए आब्हाहन गर जनतालाई समय घर्केला
अब त बोल सत्य कुरा सत्तामा बस्नेहरु हो ।
स्पष्ट भन क–कसले दिई बसेको छिमेकी ।
गरेनौं रक्षा सत्तामा बस्दा अपजस कसले लिने हो ?
भोग ग¥यौ सरकारी सुबिधा हे¥यौ कहिल्यै देशको सिमाना ?
बस्यौ किन, कुर्सीमा तिमी, आमाको अस्मिता नजोगाई ।
रहेनछ तात्तातो घटना , आएर बसेको दशकौंदेखि त्यो ।
साँचीलो बन्दै ,सत्तामा बसेका ,कुन मुखले बोलेका ।
महाकाली सन्धि गर्दाखेरि आँखा चिम्लेका ति सबै ।
ठाँट छल अब चल्दैन यहाँ जनता भएकाछन् जागृत ।
नगरौं गाली अरुलाई हामी ,हामी विरका सन्तति
नामेट पारौं बिदेशी प्यादा ,स्वदेशी आवरणका ।
आँखामा अ“ाखा जुधाई बोल्ने कोही छ सत्तामा ।
वार्ता नै हो समाधान गंभीर पहल सरकार को ।
सक्दैनौं भने खुलस्त भन विरका सन्तान निस्कन्छन् सडकमा ।
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )