~अलका मल्ल~
छुट्छन् सबका प्रेमीहरु
बिना कारणले प्रेम बाट
झर्छन् यहाँ सब फूलहरु
बिना बतास हाँगाबाट
छुट्छन् सबका प्रेमीहरु
बिना कारणले प्रेम बाट
प्रेमका सुन्दर फुलहरु
तिम्रै निम्ति सुम्पेको थिएँ
शिशिरको त्यो जाडोमा पनि
जून बनी छाइ दिएँ
छुट्छन् सबका प्रेमीहरु
बिना कारणले प्रेम बाट
दिएको थिएं यो जिन्दगी
आँखा चिम्लि रित्तिने गरी
हरपल साथ दिएको थिएँ
बिलाइ गयो छायाँ सरी
छुट्छन् सबका प्रेमीहरु
बिना कारणले प्रेम बाट
शब्द : अलका मल्ल
गायक : आनन्द कार्की
म्युजीक एरेन्जर : मनोज राजभण्डारी
रेकर्डिङ्ग स्टुडीयो : ओमनीफोनिक स्टुडीयो, काठमाडौं
एल्बम : तिम्रो निम्ती
-कान्तिपथ, काठमाडौं
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )