गजल : कथा छ यौटा

~छविलाल खड्का~

मेरो देशको, कथा छ यौटा
छद्म भेषको, कथा छ यौटा ।

जंगे पिलर, सार्ने राक्षसी
एस् विआइको, जत्था छ यौटा

सुत्दा नेपाली, उठ्दा भारती
सीमा बासीको, व्यथा छ यौटा ।

सीमा मिच्दा नि, चुप्पै बस्नु रे
वीर गोर्खाको, गाथा छ यौटा ।

२०७६/०८/१४
छविलाल खड्का
कोहलपुर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.