~जे पी लम्साल~
जब मंसिरको बाजामा खुसी हुनु पर्ने तिमी
आज किन यहाँ छौँ अर्कैको डोलीमा हुनु पर्ने तिमी
रुदै फेरी शरण पर्छो किन
अरुको साथ अर्कैको काखमा हुनु पर्ने तिमी
भैगौ विगतलाइ कोट्याउने प्रयत्न नगर
श्रीमानको मान मर्यादा राख्दै पाउ छुनु पर्ने तिमी
खोसिएको अनी लुटिएको भाग्यमा किन लागि पर्छौ
करौडौँको महलमा र लाखौँको गाडीमा हुनु पर्ने तिमी
जगत प्रसाद लम्साल (जे.पी.)
दैलेख हाल सुर्खेत