~कमल नेपाली~
लुकाइ हिँड्थ्यौ कि कतै अन्तर कुन्तरमा सलाई
पराई भयौ नि मेरो कोमल मन जलाई
फूल टिप्नु पाप होला भनी बस्थे हेरेर
झरी जाला कि माया भनी राखेको नहल्लाई
शिरमाथि शिरेटो बल्ल शिशिर काटेथंे
छाडी गयौ नि वसन्त मुना नै नपलाई
बाह्रै मास आगो ताप्ने तिम्रो बानी के थाहा त ?
ठोसी ठोसी बाल्यौ मलाई भ्रम जालमा खेलाई
यो युग नै यस्तो हो कि तिमी भयौ त्यस्तो ?
बाङ्गा रूख जोगाएछौ सोझा रूख ढलाई
जुन देखे जुनै राम्रो आज घामले तान्यो कि त ?
जीवनसाथी भनेर रक्षानमा मिल्कायौ मलाई
(स्रोत : युवामञ्च २०६६ साउन)