~किरण खरेल~
मेरो बिटुलो विश्वास तिमीलाई चोखै ठान्छ
तिमी ढाटिदेउ खाली पवित्र छु भनेर
मेरो बिटुलो विश्वास
तिमी रोइदेऊ फेरी दुई बुँद आशु पोख्दै
तिमी धोइदेऊ ओठमा लागेका दाग मेट्दै
विशाल आशु तिम्रो अमृत ठानी पिउँछु
पत्थरको मूर्तीलाई भगवान् सम्झी जिउँछु
तिमी ढाटिदेउ खाली पवित्र छु भनेर
मेरो बिटुलो विश्वास
मैले सुनेको कुरा कथा थियो भनिदेऊ
मैले देखेको दृश्य झुटो थियो भनिदेऊ
तिम्रो हरेक बहाना पत्याइदिन्छु आज
सम्पूर्ण सत्यलाई रित्याइदिन्छु आज
तिमी ढाटिदेउ खाली पवित्र छु भनेर
मेरो बिटुलो विश्वास
शब्द : किरण खरेल
सङ्गीत \ स्वर : माणिकरत्न