कविता : मुगुकी प्रियसी

~अक्कल बहादुर शाह~

निर्मल छिन, निश्चल छिन, चञ्चल छिन
असाध्यै सुन्दर छिन, मुगुकी प्रियसी !

चौवन्दी चोलोमा सजिएकी छिन, निलो सारीले बेरिएकी छिन
यौबनले उन्माक्त छिन, तर साह्रै शालिन छिन,
मुगुकी प्रियसी !

निर्मल छिन, निश्चल छिन, चञ्चल छिन
असाध्यै सुन्दर छिन, मुगुकी प्रियसी !

न नाकमा बुलाकी छ, न लगाएकी छिन कानमा चक्रि नै
तै पनि कलकलाउँदो यौबनले सबैलाई लोभ्याउन सक्षम छिन
मुगुकी प्रियसी !

निर्मल छिन, निश्चल छिन, चञ्चल छिन
असाध्यै सुन्दर छिन, मुगुकी प्रियसी !

नजिक गई यसो छुन खोज्दा, तर्किएर भागे जस्तै गर्छिन्
अलिक पर पुगेर मुसुक्क मुस्कुराउँदै जिस्काए झै गर्छिन,
मुगुकी प्रियसी !

निर्मल छिन, निश्चल छिन, चञ्चल छिन
असाध्यै सुन्दर छिन, मुगुकी प्रियसी !

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.