गजल : तर खुब खास लाग्छन्

~शरद पोख्रेल~

कोही बोल्दै बोल्दैनन् तर खुब खास लाग्छन्
कोही मरिहत्ते गर्छन् तर बकवास लाग्छन् ।

तपाईँलाई यो दुनिया के लाग्छ महोदय?
मलाई आमा धर्ती अनि बा आकाश लाग्छन्।

देख्नुहुन्छ? आफूलाई नेता ठान्छन् झोलेहरू
दुखको कुरा, मलाई ती सबै दास लाग्छन् ।

कसैले सोध्नेछैन रूँदा किन रोइस् भनेर
तर थोरै हाँस्नुपर्छ, पछाडि पचास लाग्छन्।

©️शरद पोख्रेल

– शरद पोख्रेल

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.