~इलामेली टीकाराम दुलाल~
“श्रीमान मेरो कतारको भिजा लाग्यो राजिनामा पास गरि दिनु पर्यो यसै जाऊँ भने भगौडामा गनिने रैछ सकभर यथासिघ्र स्वीकृत गरि पाऊ हजुर।” भन्ने आवाज सुनियो, हतास हतासमा अनुहारमा केही उदासीपन हतोतसाही र निराशापन मिसीएको एक सिपाइ अगाडी उभिएको रैछ मैलै नम्र बचनमै सोधे “बाबू तिमी किन हतारमा यति ठूलो निर्णय गर्दै छौ ?” हेर्दा साधारण निम्न बर्गिए परिवारकै सदस्य जस्तै देखिने,उसको नानीबाबुहरू होलान बुढा बाबू आमा होला आश्रीत परिवार होलान यसो दुखेसो मेटाउन दुई छाक टार्न छोरा छोरी पढाउन बुबाआमाको ईच्छा अन्य आश्रीत परिवारको इच्छा सायदै सिपाहीको मासिक आयले सुल्झाउन त नसक्ला तर पनि केही त सहयोग गर्छ नि भन्ने सोच र धारणा राखेर मैले जिज्ञासा सहित भने ” भोली सोचे जस्तो भएन भने कतारमा कतै परिस्थितीमा परेर अंगभंग भयौ भने र अयोग्य ठहरिएर फिर्ता आयौ भने नि बाबू के होला ? यो बिषयमा सोचेका छौ ?”
एकै छिन त रनभुल्लमा परे झै भयो र गमेर जवाफ दियो “श्रीमान धेरैको फलिफाव नै भएको देखेको छु मेरै ब्याजीहरू पनि आवुदावी पुलिस , जेल गार्ड, रोईल गार्ड जस्ता काममा गएका छन महिनाको असी देखि डेड लाख सम्म कमाई रहेका छन अब मेरै भागमा दैव लाग्यो भने त सिरोधार्य गर्नुको बिकल्क के होला र श्रीमान ।” उसको कुरामा सच्चाई थियो यथार्थता थियो हामी अती बिशिस्ट श्रेणी, बिशिस्ट श्रेणीका कर्मचारीहरूको त परिवार चलाउन सोचे जस्तो रैछ प्रतेक पाईला पाईलामा सम्झौता गरेर जीवन चलाउनु पर्छ बिचरा सिपाही आर्थिक चापले नै त नोकरी अवधी पुरानै नभई उपदानको लागि यति ठूलो निर्णय गर्न पुगेको होला मैले मनन गरेँ तर हालतले पिडामा परेको मान्छेलाई लुट्ने मानिसकै बिजनेस गर्ने दलाल मेनपावर कम्पनी पनि त छन मोटो रकम लुटेर दस हजारको भरपाई गराउने गरेको पाएको छु, बाध्यताले सहिछाप गरेर झिनो आशमा विदेश पलायन हुने यही सिपाही जस्तै त होलान सबै भनठानेर पुन: मैले दोहोराए ” हेर बाबू तिम्रो पीडा मैले महशुस गर्न सक्छु हाम्रो देशको हालत यस्तै छ भरसक सरकारी नोकरी त्यागेर नजानु पैसाको भेलमा परियो भने बगाए लान्छ डुबिन्छ नजिकबाट नियालेर हेर थोपा थोपा थापेर पनि बाल्टिन भर्न सकिन्छ एक एक थोपा भए पनि बाचुन्जेल पेन्सनको रूपमा आउछ तिम्रो जीवन चलाउन पुग्छ तिमी फसेउ भने गारो होला बाबू ।”
समाजको अवधारणा, बिलासीताको आवश्कता बढ्दो अल्छेपनले मानिस बिग्रदो मतिमा लागेर चारै तिरको आर्थिक चापमा परेको सिपाहीले मैले भन्न खोजेको भाव प्रास्ट बुझेको थियो तर पनि ऊ आफ्नो लक्ष्य उद्देश्यबाट नहढबडाई अटल बनी रहेको थियो सायद समग्र नीति ब्यवस्था, ऐन कानुन, नियमावली सबै नियालेर होला देशको हालत हेर्दा बोलीले परिवर्तन ल्यायौँ, भोका नाङ्गा निमुखाका दिन आए, गरिबको छोरो वा छोरी पनि देश चलाउन पाउछ, लोकतान्त्रिक गणतन्त्र आयो भनेर संविधान लागू भए पनि दिघकालिन कुनै बिचार बिमर्श भएको छैन सायद यसैले होला बिचरा सिपाही बिक्रिमा रहेको शिक्षा खरिद गर्न, बिजनेश बनेको स्वास्थ उपचार हासिल गर्न , पाइला पाइलाका खर्च पुरताल गर्न , परिवारमा नुन देखि सुन सम्म पुर्ती गर्नकै लागि त होला नोकरी नातेदार र देश समेत छोडेर बिदेश पलायन हुन लागेको, मलाई मनबाटै अमिलो महसुस भई रहेको थियो, हरे मेरो देश किन यति गैर जिम्मेवार भएको होला, पछि कनुन ल्याउछ पहिलेवाट कार्यान्वयन गराउछ,ठूलालाई चैन सानालाई ऐन भनेझै गराउछ, अनगिन्ती राजनेता मारिदा त वास्ता छैन, उ वेला राज परिवारनै एक चिहान पार्दा त वास्ता छैन एक सिपाही रोएको पिडामा परेको कस्ले विचार गर्ला सायद मैले बाटो खुलाइ दिए भने कतै प्रगति होलाकी भनठानी भने ” बाबू म आजनै तिम्रो राजिनामा पास गराई दिन्छु गलतको संगतमा नलाग्नु परिवारको ख्याल गर्नु स्वबिबेक लगाउनु परिस्थितिको सामना गर्नु ।” यसो भनि रहदा मैले सिपाहीको अनुहार अबलोकन गरिरहेको थिए अब म रकम कलम लिएर कतार जान पाउने भए भन्ने सोचेर होला साएद उसको अनुहार खुसिले धपक्क बलेको थियो एक बालक जन्मिएर पहिलो पटक आमा भन्दा एक नारी जति खुसि हुन्छिन त्यो भन्दा ज्यादा त्यो सिपाही खुसी भएको मैले महसुस गरे उसले जिम्मेवारीको भारि बिसाएको खुसी प्रकट गर्दै मलाई अन्तिम जय नेपाल गरेर बिदा लियो धेरै समय सम्म मेरा मनमा अनेकन कुराहरू खेली रहयो म बिभागको एक हाकिम अधिकृत जे गनिएता पनि मेरो पनि त परिवार छ, इच्छा छन, म पनि त आम नागरिकनै हुँ सायद तल्लो दर्जाको बारेमा मैले सकेको सहयोग गर्नै पर्छ जस्तो मलाई महसुस भयो । मैले त्यो सिपाही राजिनामा पास गरेर राम्रै काम गरेको जस्तो महशुस भयो ।
इलामेली टीकाराम दुलाल
२०७६/०८/०१ रोज १
नक्साल, काठमाण्डौ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )