~लक्ष्मी बिष्ट~
पैतालाको धुलो सरी, उडिरह्यो आधा जीवन भरि
सोच्नै सकिन, चोखो माया कुन रहेछ भनी
दुखाइरह्यो, काडाँसरी, धोचीरह्यो तनभरि–नगाँसिएको माया, यस्तै रहेछ जीवनभरि
कहिले–काहीँ हुरी बनी, डुलिरहन्छ वरिपरि
निदरीमा आईदिन्छौं मन्द मुस्काएर बोकी
बिर्सिदिन्छु, छाडिदिन्छु, तर पनि बल्झिरहन्छ मन भरी
कस्तो हुन्छ चोखो माया सोच्नै सकिन कुन हो भनी
अल्झाईदिन्छौ, बल्झाईदिन्छौ, शब्दबाट थकाइदिन्छौ–तर पनि भेटिरहन्छौ, सपनीको भावीबनि
यो जुनी त, सक्की गयो, एकतर्फी है, माया रह्यो
झरी बनी बगिरह्यो, भन्न सकिन–आँसु पुस्छु मिल्छ ओ मिल्दैन
सोची रहन्छु, साथ पाउन सक्दिन, तर पनि कुनै पछुतो हुँदैन
पर्खिरहन्छु, हरेक पल, तिम्रालागि, सारा सपना बाँधिरहन्छु
उडिरहेको धुँवासरी, जीवन रहेछ घरी–घरी, बन्धकी बन्यो की, सारा सपना–टाढै छाडियो
सुस्ताएको, पर–पिपल नि, जुरमुर्याउँछ बिहानीमा, चिसो हावा छरी
विश्रामे जुन पनि, उदाउँछ नि–बिहानीमा, नवीन किरण बोकी
जहाँ कुनै सोच छैन, भविष्यको डोब छैन, समाउने हाँगै छैन
सोच्नु के जहाँ, भावनाहरूको कुनै कदर हुँदैन–सोच–विचारको रेखा बस्दैन
एक्लोपनले तर्साउँछ, छाया आफै लरखराउँछ–सृजनाले हो की मलाई, आजभोलि जिस्काउँछ
पैतालाको धुलो सरी, उडिरह्यो आधा जीवनभर
सोच्नै सकिन, चोखो माया कुन रहेछ भनी
दुखाइरह्यो, काडाँसरी, धोचीरह्यो तनभरि–नगाँसिएको माया, यस्तै रहेछ जीवनभरि
एक्लोपनले तर्साउँछ, छाया आफै लरखराउँछ–सृजनाले हो की मलाई, आजभोलि जिस्काउँछ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )