लघुकथा : धर्मात्म व्यक्ति

~यकिना अगाध~

उ सबैको नजरमा धर्मात्म व्यक्ति थियो । भोका कुकुर र बाँदरहरुलाई उ प्रत्येक बिहान पाउरोटी बाँड्ने गर्दथ्यो ।

सधैंझैं त्यस बिहान पनि उसले पाउरोटी बाँड्दै थियो । त्यही बाटो भएर एकजना भिखारी आईपुग्यो ।

यो दृष्य देखेर भिखारीले सोच्यो, ‘अहो ! कस्तो दयावान व्यक्ति । मैले पनि यिनीसँग याचना गरें भने अवश्य एकटुक्रा पाउरोटी पाउनेछु ।’

त्यो व्यक्तिको छेउमै गएर उसले अभिवादन टक्र्यायो र याचना गर्यो, ‘केही दिनदेखि भोकै छु हजुर ! मैले पनि यो पाउरोटीको एकटुक्रा पाउन पाए धन्य हुनेथिएँ ।’

‘धत् साला मगन्ते खाते ! बिहान बिहान मुड खराब बनाउँछस् ।’ कुकुर र बाँदरहरुलाई मायालुपूर्वक मुस्कुराएर पाउरोटी बाँडिरहेका ती व्यक्ति उसलाई देखेर झनक्क रिसायो र हकार्यो ।

त्यहाँबाट उसले भिखारीलाई लखेटे ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.