~भरत खत्री~
वास्तविकता सँग म डराउँछु, हराउँछु लम्पसार पर्छु
किनकि वास्तविकता सधैँ तितो, टर्रो अमिलो हुने गर्छ
भएका कुरा लेखिदिन, लेखिएका कुरा देखिँदैन
किन? किनकि असत्यले सत्यलाई जिती सक्यो
बाटोमा राम्रो गाडी चढ्यो भने
शिरदेखि पाउसम्म हेर्छन् सबै
मिठो खाना खायो भने
शङ्काको आँखाले हेर्छन् सबै
के हुँदै छ? कसो हुँदै छ? किन हुँदै छ?
दिमागमा, विभिन्न प्रश्नहरू तेर्सिन्छन् घरीघरी
तर पनि मनको आँखा बन्द गरी
बाहिरी आँखाले हेर्नु परेको छ
एक मन त भन्छ, त अब हिटलर बन्नु पर्छ
फेरी अर्को मन भन्छ त गौतम बुद्ध बन्नु पर्छ
मनभित्रको अन्तरदोन्द हटाउन सकिने भए
म हैन तिमी हुने थिए, तिमी हैन हामी हुने थिए
जति लेखे पनि तिमीले मलाई बुझ्दैनौ
मैले जति पढे पनि तिमीलाई बुझ्दैन
परिभाषा खोज्न टाढा जानु पर्ने रहिन्छ
मनले खोज्यो भने आफै भित्र भेटिने रहेछ
अवास्तविक जीवनको आँखीझ्याल खोल्न
हदै प्रयास गर्दा पनि तिमी भित्रको झ्याल खुल्ने रहेनछ
भरत खत्री
गुल्मी धुर्कोट ३ हाडहाडे
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )