अनूदित कविता : चिठी

~हेङचाङ साङ~
अनुवादः कुमुद अधिकारी

तिम्रो चिठी
गौँथलीझैँ फुर्र उडेर
तिम्रो न्यानो घरबाट
यहाँ आयो

मेरो हृदयको उचाईमा
काव्यका कोमल मन्त्रहरूले
गुँड बनायो।

म त्यसभित्र सुतेँ
मेरा सबै रापहरू बिसर्जित गरेँ
र केही चाहनाहरू कोरलेँ
जसलाई पेटभरी खुवाउने मसँग मनग्गे चारो छैन
उनीहरू चारो भिक्षा मागिरहेछन्
र तिनीहरूका आँखाहरूबाट
देदीप्यमान आँसुहरू छचल्किन तमतयार छन्।

Chinese Literature, Summer 1995 बाट अनुवाद गरिएको।

(स्रोत : साहित्यसरिता डट अर्ग)

This entry was posted in अनूदित कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.