कविता : जिन्दगीको गणित

~राजकुमार बराल~

तिम्रो उदासिनता पागलपन हो काली !
बैराग्य, निरसता
एक्लोपना, द्घिविधा सब प्रपञ्च
प्रत्येक दिन
भित्ताहरूमा बहुरुपमा देखिने तिमी
फगत एक नाटककी पात्र हौ ।

तिमी दुइजिब्रे हौ काली !
जीवनसँग बुर्कुसी मारिरहेकी तिमी
अनाहकमा बहकिन्छ्यौ
दुःखको अभिनय ग¥छ्यौ र
अवतारी बनेर
भित्ता रँङगाइरहन्छ्यौ ।

तिमी गणितमा कमजोर छौ !
इलामको बाटो जस्तो गुँडुल्किएको
जिन्दगीको गणित
न त भित्तामा पोखिएको प्रतिक्रिया जस्तो छ
न नै नाटकको अभिनय जस्तो ।।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.