~एकादेशको गगनराज~
सामुहुँदा सिर्र बतास चल्नेको खोजिमा छु।
केहि चाहिन्न धप्प रुप बल्नेको खोजिमा छु।
गजलकार भैईयो आफु नत्र पुरेत हुईन्थ्यो,
बसिखान बोटमा पैसा फल्नेको खोजिमा छु।
हरपल सन्झनाले बेरिरहुन जस्तो लाग्छ,
आफु टाढा हुँदा मुटु जल्नेको खोजिमा छु।
सिञ्चियोस मेचिकाली हामी दुईको रगतले,
आबस्यकमा देशकालागि ढल्नेको खोजिमा छु।
एकादेशको गगनराज
गजलशिविर, राजधानी