गजल : सुगन्धले भर्नुपर्छ मैले

~कौशिला रिसाल~

देशको माटो सुगन्धले भर्नुपर्छ मैले
सीमा रक्षा मेचीकाली तर्नुपर्छ मैले ।

सगरमाथा शिखरमा घामले लाली पोत्दा
नयाँ किरण छर्न तराई झर्नुपर्छ मैले ।

चन्द्र सूर्य अङ्कित रातो झण्डा बोकी
देशको खातिर उज्यालो छर्नुपर्छ मैले ।

एक मुठी रगत यदि माग्यो भने देशले
वीरङ्गाना सुपुत्री हु म, मर्नुपर्छ मैले ।

देशको माटो सुगन्धले भर्नुपर्छ मैले
सीमा रक्षा मेचीकाली तर्नुपर्छ मैले ।।

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.